
२५ भदौ, काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार, बिहान नौ बजे देखि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।
बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जनायो ।
सम्झौता कार्यान्वयनको प्रगतिबारे बुझ्न एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । छलफलको क्रममा सुमारले एमसीसी अमेरिकाको सैन्य रणनीतिअन्तर्गत नभएको बताएकी छन् । काठमाडौं आएकै दिन यो टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छलफल गरिसकेको छ। सम्झौता अनुमोदन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता गराएको थियो । तर दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन सकेको छैन ।
