Fast Nepal News

लेस्टरमाथि वेस्ट ह्यामको सानदार जित

banner single news

लन्डन — ८ भाद्र २०७८

लन्डन, वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट सुरुआतलाई कायम राख्दै सोमबार १० खेलाडीमा सीमित लेस्टर सिटीलाई ४–१ ले हराएको छ । त्यसमा मिखाइल एन्टोनियोले दुई गोल गरे ।डेविड मोयसको टिमले पाब्लो फोरनाल्सको गोलले पहिलो हाफमा अग्रता लिएको थियो ।

लन्डन स्टेडियममा फोरनाल्समाथि डरलाग्दो फल खेलेका आयोज पेरेजलाई रातो कार्ड देखाएपछि लेस्टर १० खेलाडीमा सीमित रह्यो ।सइड बेनरहमले वेस्ट ह्यामका लागि दोस्रो गोल गरेयता लेस्टरका तर्फबाट योरी टिलेमन्सले एक गोल फर्काए । त्यसपछि एन्टोनियोले दुई गोल थपे । प्रिमियर लिगमा वेस्ट ह्यामका लागि यो उनको कीर्तिमानी ४९औं गोल रह्यो । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.