Fast Nepal News

काबुलबाट थप ४३७ नेपालीलाई उद्धार गरी बेलायत पुर्‍याइयो

banner single news

काठमाडौँ — २ भाद्र २०७८

काठमाडौँ , ब्रिटिस सेनाले बेलायती कम्पनीमार्फत काबुलमा कार्यरत ४ सय ३७ नेपालीलाई उद्धार गरी बेलायत लगेको छ । बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्‍याइएको हो । ‘हाम्रा साथीहरूलाई मंगलबार बिहानदेखि नै काबुल विमानस्थलबाट ब्रिटिस सेनाले लैजान थालेको हो । मेरो चौथो लटमा मंगलबार तीन बजे मात्रै पालो आयो । त्यसपछि दुबईको विमानस्थलमा ल्याएर एक छिन राख्यो । अहिले बेलायत ल्याइपुर्‍याएको छ,’ एक नेपाली सुरक्षा गार्डले कान्तिपुरलाई भने, ‘अब यहाँबाट होटल लैजाने कुरा छ । मभन्दा अगाडि उडेका साथीहरू पनि होटलमै छन् । त्यसपछि नियमित उडानमार्फत काठमाडौं पठाउने सुनेका छौं ।’

Inside Article Ads
उनले अफगानिस्तान छोड्न चाहने अफगान शरणार्थीसँगै आफूहरूलाई सेनाको विशेष विमानमार्फत काबुलबाट ल्याइएको बताए । ‘हामी बस्ने जहाजमा सिट थिएन । भुइँमा पलेटी मारेर आएका हौं,’ उनले भने, ‘यस्तो बेला काबुलबाट सकुशल निस्कन पाउनु नै ठूलो भएको छ ।’उनका अनुसार ब्रिटिस सेनाले बेलायती, जर्मन, जापानी, क्यानडाली कम्पनी तथा अन्तर्राष्ट्रिय दातृ निकायमा कार्यरत नेपालीको उद्धार गरेको छ । ‘दुबई आइसकेपछि उतैबाट काठमाडौं पठाइदिएको भए हुन्थ्यो । दुबईमा व्यवस्थापन गर्न कठिन भएकाले सबैलाई बेलायत नै लिएर आएको छ,’ उनले भने । यसअघि उनीहरूको टोली काबुल विमानस्थलनजिकैको होटलमा आएर बसेको थियो । 
होटल छोड्न तालिबानले आदेश दिएपछि विमानस्थलभित्र रहेको सैन्य परिसरमा बस्नुपरेको उनले बताए । ‘तालिबानकै सहयोगमा विमानस्थलसम्म आउन सम्भव भयो । उनीहरूले मानवीय सहयोग देखाए,’ उनले भने ।यसअघि अमेरिकी दूतावासमा परिसरमा कार्यरत ३८५ नेपालीलाई उद्धार गरी दोहा र कुवेत लगिएको थियो । तीमध्ये ११८ जना नेपाल आइसकेका छन् । काबुलस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र अन्य कूटनीतिक क्षेत्रमा खटिएका नेपाली सुरक्षा गार्डको अवस्था अझै सार्वजनिक भइसकेको छैन । यो टोलीले काबुल छाडेको वा कार्यालयमा सुरक्षा दिइरहेको भन्ने खुलेको छैन । 
(कान्तिपुर दैनिक)
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.