
काठमाडौँ — २४ श्रावण २०७८
काठमाडौँ, किरण गजमेर भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् ।टिम प्रमोद(खरेल)का गजमेरले फिनालेमा मन्त्र ब्यान्डको ‘हिमाली नेपाली’ बोलको गीतमा प्रस्तुति दिएका थिए । विजेता भएसँगै उनले नगद २५ लाख रूपैयाँ पनि प्राप्त गरे ।
