Fast Nepal News

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता

banner single news

काठमाडौँ —  २४ श्रावण  २०७८

काठमाडौँ, किरण गजमेर भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका छन् । शनिबार राति सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् ।टिम प्रमोद(खरेल)का गजमेरले फिनालेमा मन्त्र ब्यान्डको ‘हिमाली नेपाली’ बोलको गीतमा प्रस्तुति दिएका थिए । विजेता भएसँगै उनले नगद २५ लाख रूपैयाँ पनि प्राप्त गरे ।

उनी झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका हुन् । भुटानबाट सर्वस्व त्यागेर उनको परिवार नेपाल आएको थियो ।हाल अमेरिका बस्दै आएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिए । ‘मैले नागरिकता पाएको थिइनँ । तर यो ट्रफी नागरिकता हो मेरो लागि,’किरणले भनेका छन् ।भ्वाइसको कार्यक्रममा गायिका प्रविशा अधिकारी, राजेश पायल राईले गायन प्रस्तुति दिएका थिए ।
(कान्तिपुर दैनिक)    
Inside Article Ads
Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.