Fast Nepal News

एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा सुरु गर्दै नेपाल टेलिकम

banner single news

 

नेपाल टेलिकमले मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा कार्तिक ८ गते (मंगलरबार) देखि सञ्चालनमा ल्याउने भएको छ ।  यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म रहने टेलिकमले जनाएको छ ।

यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने छ । प्रति सन्देश ५० पैसा शुल्क लाग्नेछ ।

यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १ हजार रुपैयाँ लाग्नेछ । त्यसैगरी २ हजार ५ सयमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने  र ५ हजारमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग हुने यो प्याकेजमा कर समावेश छैन ।

Inside Article Ads

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने कम्पनीले जनाएको छ ।

सामुहिक सन्देश सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ । कम्पनीले ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनका लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.