Fast Nepal News

आज गुरुपूर्णिमा

banner single news

प्रकाश कपाली। कुनै पनि व्यक्तिमा भएको अज्ञानतालाई हटाउँदै असल ज्ञानको मार्ग प्रदान गर्ने व्यक्ति गुरु नै हुन्। गुरु यस्ता व्यक्ति हुन् जसले आफू बलेर सबैलाई शिक्षाको उच्च ज्योति प्रदान गर्दछन्। प्रत्येक साना बालबालिका जन्मने बित्तिकै प्रत्येक कुरामा ज्ञानी हुन्छन भन्ने हुँदैन। तर आमाबुबाबाट पाएको शिक्षा सँगै गुरुले प्रदान गरेको शिक्षाले एउटा व्यक्ति सक्षम र ज्ञानी व्यक्ति पनि बन्न सक्दछन् ‌। ज्ञानको ज्योति प्रदान गर्ने हाम्रो अज्ञानतालाई हटाउने भविष्य उज्जवल मार्ग तर्फ मार्ग निर्देशन गर्ने व्यक्तिलाई हामी गुरूको रुपमा व्याख्या पनि गर्न सक्छौं। प्राचीन समयदेखि वर्तमान समयसम्म हिन्दु धर्मग्रन्थहरुले गुरुलाई महत्वपूर्ण स्थान दिएका छन्। गुरुलाई ब्रह्म विष्णु र महेश्वरको नामाकरण गर्दै प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरु पूजाआजा गरिँदै गुरु महिमा वर्णन गरिन्छ। विगतका समयमा विद्यालयहरू लगायत विभिन्न क्षेत्रमा रहेका गुरुहरूको पूजा गरी गुरू पूर्णिमाको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै गुरु पूजा गरिन्छ। त्यसैगरी आज पनि गुरुको स्मरण गर्दै गुरु पूजा भव्यताका साथ मनाइँदैछ। हाल विद्यालयहरु बन्द रहेका कारण गुरु पूर्णिमा को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै सबै विद्यार्थीहरुले गुरूको स्मरण गरेका छन्।

Inside Article Ads
Visited 66 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.