Fast Nepal News

भगवान अधिकारीको समन्वयमा वेथानचाेकमा राहत वितरण सम्पन्न

banner single news

काभ्रे । बेथानचोक गाउँ पालिका-५ च्यासिङ्खर्कका ७ सय जनताका लागि सर्जिकल माक्स ,साबुन ,वार्डका लागि सेनिटाईजर बितरण गरिएको छ । नेपाली कांग्रेसका युबा नेता भगवान अधिकारीको समन्वयमा नेपाली कांग्रेसका नेता प्रचण्डराज प्रधानले आफैं उपस्थित भएर बितरण गर्नुभएको हो ।

बेथानचोक-५ का वार्ड अध्यक्ष खजेन्ची लामालाई आपसका निम्ति समाजका अध्यक्ष जया प्रधानले आवश्यकता अनुसार अन्य कोभिडसंगै सामाग्री उपलब्ध गराउने बताउनुभएको छ । च्यासिङ्खर्कको मदनवास लगायतका स्थानमा रुघाखोकीका बिरामी देखिएपछि स्वाब टेस्ट गरिएको र कोरोनामुक्त गाउँ बनेको छ ।

जनताको घर घरमै गएर वार्डले जनमुखी काम गर्न संस्थाले हौसला बढाएको लामाले बताउँछन् । यो समूहले बेथानचोक स्वास्थ केन्द्र संगै रहेको कोभिड अस्पतालको अनुगमन गरि आवश्यक सहयोग गर्ने बताएको छ । सामाग्री बितरणमा स्थानीय समाजसेवीहरु गोबिन्द अधिकारी , सुकु तामाङ ,सन्त तामाङ ,बिष्णु दाहाल ,लाल कृष्ण फुयाल ,सुबर्ण लामा सानुकान्छी बिश्वकर्मा,भवप्रसाद फुयाल ,रबिन्द्रप्रसाद बडु लगायत को उपस्थित रह्यो ।

Inside Article Ads

बेथानचोक अस्थायी अस्पतालको अवलोकन आपसका निम्ति समाजले बेथानचोक गाउँपालिका अस्थायी अस्पतालको अवलोकन गरि आवश्यक सहयोग गर्ने जनाएको छ । ढुङ्गखर्क स्वास्थ चौकीका जनस्वास्थ्य निरीक्षक निर्मला गौतमले अस्पतालको पछिल्लो परिस्थिति जानकारी गराउनुभएको छ भने कार्यालय प्रमुख दुर्गा पोखरेलले अन्य नगरबाट सिफारिस भएर आएका बिरामीको सफल उपचार गरि पठाउन सकेकाले कोभिड अस्पतालको स्थानीय तहमा बिस्वस्नियता बढेको बताएका छन् ।स्वास्थकर्मी सुनिता परियार ,उत्तम अधिकारीलगायतले सहजीकरण गरेका हुन् । आपसका निम्ति समाज मेलम्चीको बाढीमा पनि उल्लेखनीय सहयोग उपलब्ध गराएको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.