Fast Nepal News

क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

banner single news

काठमाडौं, माघ २६ ।  नेपाल र क्यानडाबीच बिहीबार सुरु भएको पहिलो एक दिवसीय खेलमा कुशल भुर्तेलले ४६ बलमा ५१ रन पुरा गरेका छन्। नेपालको दोस्रो विकेट पनि गएको छ।

खेलको सुरुवाती चरणदेखि लयमा खेलिरहेका भुर्तेलले एक छक्का र ८ चौकाको सहयोगमा अर्धशतक पुरा गरेका हुन्। १७ बलमा ८ रन बनाएर कप्तान पौडेल आउट भएका छन्।

यसअघि सुरुवाती ब्याट्सम्यान आशिफ शेख २४ बलमा ८ रन बनाएर आउट भएका थिए। पौडेलको स्थानमा भीम सार्कीले ब्याटिङ गर्दै छन्।

Inside Article Ads

नेपालले अहिलेसम्म १४।४ ओभरमा ७१ रन बनाएर दुई विकेट गुमाएको छ,। नेपाल र क्यानडाबीच सुरु भएको ३ एक दिवसीय खेल आजबाट सुरु भएको हो। नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.