Fast Nepal News

पाकिस्तानमा हिजो सम्पन्न आम निर्वाचनको नतिजा आउने क्रम सुरु

banner single news

काठमाडौं, माघ २६ ।   पाकिस्तानमा हिजो सम्पन्न आम निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ । जारी गणनामा पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको दल पीटीआई ५ स्थान सहित अगाडि देखिएको छ । त्यसैगरी अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफको दल पाकिस्तान मुस्लिम लिगले ४ स्थानमा विजय हासिल गरेको छ । पाकिस्तान पिपुल पार्टीले ३ स्थानमा जित हासिल गरेको छ । २ सय ६६ स्थानको लागि निर्वाचन भएको थियो ।

विवाद र हिंसाका बीच सम्पन्न निर्वाचनको परिणाम आउन ढिलो भएको छ । मत गणनालाई गति दिन निर्वाचन अधिकारीहरुले निर्देशन दिएका छन् । मत गणनामा भएको ढिलाईले धाँधलीको संकेत दिएको निर्वाचनका लागि अयोग्य ठहर्‍याइएका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीको प्रतिक्रिया छ । खान भ्रष्टाचार आरोपमा जेल सजाय भोगिरहनु भएको छ । धेरै विश्लेषकहरूले यो निर्वाचनलाई कम विश्वसनीय निर्वाचन मध्येको एक भएको बताएका छन् ।

Inside Article Ads

खानलाई दुई वर्षअघि अविश्वासको मतमा अपदस्थ गरी पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शहबाज खानलाई प्रधानमन्त्री बनाइएको थियो । शहबाज पूर्वप्रधानमन्त्री नवाज सरिफका कान्छा भाइ हुन् । यस पटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा पूर्व प्रधानमन्त्री नवाज सरिफ र अर्का पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी बीच हुने अनुमान गरिएको छ । निर्वाचनमा टेलिफोन सेवा र इन्टरनेट कटौती गरिएकाले सर्वसाधारणलाई मतदान केन्द्रहरु फेला पार्न कठिन भएको थियो ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.