
२४श्रावण,काठमाडौँ-आज २९ औँ विश्व आदिवासी दिवस, यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्ड’ले संयुक्त राष्ट्र संघले सन् १९९४ देखि अगस्त ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउँदै आएको विश्व आदिवासी दिवसको यस दिनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं पहिचान र अधिकारको आन्दोलनमा निरन्तर सफलताका निम्ति उत्प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गरेका छन् ।
