Fast Nepal News

रिस नियन्त्रण गर्ने मनोबैज्ञानिक औषधी

सन्देशमूलक लेख

banner single news

१९ श्रावण,काठमाडौँ-रिस सबैलाई उठ्छ।रिसले कसैलाई राम्रो गर्दैन । यसले स्वास्थ्यमा पनि नकारात्मक असर पुर्‍याइरहेको हुन्छ । रिसलाई नियन्त्रण सबैले गर्नैपर्छ । यतोमा हेल्थलाइन डट कमले रिसलाई कसरी नियन्त्रण गर्ने केही तरिकाबारे ६ महत्वपूर्ण सुझाव दिएको छ।यी  ६ सुझाव पालना गर्नुहोस् र खुसी भएर बाच्नुहोस्।

१.उल्टो गन्ती सुरु गर्नुहोस्

तपाईंलाई धेरै नै रिस उठिरहेको छ भने तपाईंले उल्टो गन्ती गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले सयदेखि सुरु गरेर १० सम्म गन्न सक्नुहुन्छ । गन्ती गर्दै गर्दा तपाईंको मुटुको गति साधारण हुन थाल्छ र तपाईंको रिस क्रमशः कम हुँदै जानेछ ।

२.गहिरो सास लिनुहोस्

जति बेला तपाईंलाई धेरै रिस उठ्छ यसलाई नियन्त्रण गर्नका लागि गहिरो सास फेर्नुहोस् । आफ्नो नाकले बिस्तारै गहिरो सास तान्नुहोस् र मुखबाट फ्याँक्नुहोस् । केही मिनेटसम्म यो प्रक्रिया अपनाउँदा तपाईंको रिस बिस्तारै कम हुँदै जानेछ ।

३.कतै हिँड्नुहोस् वा व्यायाम गर्नुहोस्

व्यायामले तपाईंको तनाव र रिस कम गर्न सक्छ । त्यसैले तपाईंलाई रिस उठ्यो भने केही समयका लागि टहल्नुहोस्, साइक्लिङ वा व्यायाम गर्नुहोस् । यो तरिकाले तपाईंको रिस कम गर्न मद्दत गर्छ ।

Inside Article Ads

४.यो कुरा दोहोर्‍याउनुहोस्

तपाईंलाई रिस उठ्न थाल्यो र यसलाई शान्त बनाउन चाहनुहुन्छ भने आफूलाई सम्झाउने कोसिस गर्नुहोस् । यसका लागि मनमनै एउटा कुरा दोहोर्‍याउनुहोस् – रिल्याक्स…. सबै कुरा ठिक हुन्छ… । यसले पनि तपाईंलाई आफ्नो रिस कम गर्न मद्दत गर्छ ।

५.सङ्गीत सुन्नुहोस्

रिस उठ्दा यसलाई नियन्त्रण गर्नका लागि तपाईंले सङ्गीतको मद्दत पनि लिन सक्नुहुन्छ । तपाईंलाई रिस उठ्यो भने कानमा इयरफोन लगाउनुहोस् र आफूलाई मन परेको सङ्गीत सुन्नुहोस् ।

६.शान्त रहनुहोस्

रिस उठेका बेला धेरैजसो गल्ती नै बोलिन्छ । भनिन्छ – बचनको घाउ निको हुँदैन । त्यसैले रिस उठेका बेला चुप बस्ने नै कोसिस गर्नुहोस् । यसो गर्नुभयो भने तपाईंले सोच्ने समय पाउनु हुनेछ र तपाईंको रिस शान्त हुनेछ ।

 

Visited 49 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.