
७ श्रावण,काठमाडौँ-रामेछापमा राष्ट्रिय फोटो पत्रकार समूह गठन गरिएको छ । शनिवार रामेछापको मन्थलीमा भएको प्रथम जिल्ला भेलाले ११ सदस्यि कार्यसमिति गठन गरेको हो ।
राष्ट्रिय फोटो पत्रकार समूह वाग्मती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठको आतिथ्यतामा भएको प्रथम जिल्ला भेलाले ११ सदस्यीय कार्यसमिति बनाएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूहको भेलाले अध्यक्षमा मिलन विक समूहको उपाध्यक्षमा शर्मिला विशुङ्के, सचिवमा राजन महतारा, सह–सचिवमा राज कुमार श्रेष्ठ र कोषाध्यक्षमा डोरशङ्कर बरुवाल चयन हुनुभएको छ ।कार्यसमिति सदस्यहरुमा शम्बरबहादुर हायुप्रशान्त, सिर्जना रोक्का, प्रवीण बयलकोटी, सिर्जना रसाइली, विनीता बुढाथोकीलाई चयन गरेको छ ।
