
२७ असार,काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालको हरेक सुखदुखका जीवनसंगिनी सीता दाहालको आज निधन भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाललाई सक्रिय राजनीतिमा सहयोगीको रुपमा भूमिका निर्वाह गर्नुभएका प्रचण्डको पत्नी सीता दाहालको आज बिहान ८.३३ मा निधन भएको हो।

पारिवारिक गतिबिधीसँगै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नेपालको राजनीतिमा प्रधानमन्त्री प्रचण्डसँगै पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउदैँ देशमा जनयुद्ध शुरूवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा प्रचण्ड पत्नी सीता दाहाल सक्रिय व्यक्तिका रुपमा आफ्नो भूमिका स्थापित गराउन सफल एक व्यक्ति हुनुभएको थियो।

उहाँको जन्म वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा भएको थियो ।माता हरिकला पौडेल र पिता महेश्वर पौडेलको कोखबाट सीता दाहालको जन्म भएको थियो।दाहालको १५ वर्षको उमेरमै २०२६ सालमा प्रधानमन्त्री प्रचण्डसँग विवाह गर्नुभएको थियो ।

विवाह भएको दुई वर्षपछि सीता दाहाल कम्युनिस्ट आन्दोलनमा वि.सं. २०२८ सालदेखि नै सीता दाहाल कम्युनिस्ट आन्दोलनमा आवद्ध हुनुभएको थियो ।नेकपा माओवादी केन्द्रको जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहेर हाल उहाँ नेकपा माओवादी केन्द्र को केन्द्रीय सल्लाहकार समेत रहेर उहाँले नेकपा माओवादी केन्द्रमा राजनीति गर्नुभयो ।

प्रचण्डसँगै राजनीतिक आरोह अवरोहमा सक्रिय भएर राजनीतिमा लागिरहनु भएका सीता दाहालको स्वास्थ अवस्थामा समस्या आयो।लामो समयदेखि सुगर, प्रेसर र थाइराइडको उपचार गराउँदै रहेकी सीता दाहालको समस्या जटिल बन्दै गएपछि सिंगापुरमा उपचार भइरहेको थियो । विभिन्न थेरापीहरूको प्रयोग हुँदै आइरहेको उहाँको २ वर्षदेखि ओछ्यानमै अचेत रहनुभएका उहाँको नर्भिक अस्पतालमा आज निधन भएको हो।

निधन भएका प्रचण्ड पत्नी सीता दाहालको विगतका दिनहरुको स्मरण गर्दै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु लगायत पूर्वराजा ज्ञानेन्द्र शाहले मृतकको आत्माको चीरशान्तिको कामना गर्दै समबेदना प्रकट गरेको छ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सीता दाहालको मृत्युपछि शोक वक्तब्य जारी गर्दै समवेदना प्रकट गरेको छ।
