
२४ असार,काठमाडौँ- नेपाल विद्यार्थी संघ रामेछापको सहसचिव मनिष बहादुर चुहान र तरुण दलको युवा नेता सन्तोष कुमार भट्टराइको अग्रसरतामा रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तर गरेको छ ।
शुक्रबार मन्थलीमा काङ्ग्रेस रामेछापको जिल्ला उपसभापति लेख बहादुर कार्की,जिल्ला सचिव दिपक खड्का लगायत तरुण दल र नेविसंघका नेताहरुको उपस्थितिमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली काङ्ग्रेसका नेता नारायण प्रसाद भट्टराइ,राजेश श्रेष्ठ,सौरभ केसी,नारायण घिमिरे,उज्ज्वलराम घिमिरे र मन्थली नगरपालिका वडा न। १ का वडाअध्यक्ष होम प्रसाद पौडेलको सहयोगमा एक हजार ७५ विभिन्न प्रजातिको विरुवा वन विभाग मुलपानीबाट उपलब्ध भएको नेविसंघ सहसचिव मन्थलीमा चुहानले जानकारी दिए ।
नेविसंघ जिल्ला सहसचिव चुहान र तरुण दल युवा नेता भट्टराई संगै नेविसंघ नेता अमन भट्टराई,अनिल कार्की,दिनेश भट्टराई,प्रकाश पहाडी र गौरव न्यौपानेको अग्रसरतामा भएको विरुवा हस्तान्तर कार्यक्रमा रामेछापका विभिन्न सामुदायिक विद्यालय,सार्वनिक स्थान,स्वास्थ्य केन्द्र र प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
यस्तो छ विरुवा हस्तान्तरण गरिएको विवरण
नेपाली कांग्रेस पार्टि कार्यालय रामेछाप( २५०
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस(८०
रामेछाप वहु प्राविधिक विद्यालय (३०
श्री आधारभूत विद्यालय अर्चले( ७०
श्री कालिका आधारभूत विद्यालय(५०
ठाटी आधारभूत स्वास्थ्य केन्द्र(७०
डाँडा गाउँ चौतारा मन्थली ३ स्थानीय सहित (१००
मन्थली २ वडा कार्यालय(२०
जिल्ला प्रहरी कार्यालय रामेछाप(२००
श्री सिद्धेश्वर आधारभूत विद्यालय तथा मन्थली ६ स्थानीय(१५०
त्यस्तै स्थानीयको माग अनुसार विभिन्न स्थानमा १५० विरुवा हस्तान्तरण गरिएको छ भने २० वटा विरुवा गाडिमा लैजाने क्रममा क्षति भएको थियो ।
