Fast Nepal News

बारबर्दियामा रहेको ‘बसाहा बर्दा गौशला आश्रम’ नेपालकै राम्रो र व्यवस्थित बन्ने

banner single news

सिर्जना क्षेत्री रोकाया/समाचार लेखक

१६ असार,बर्दिया-बारबर्दियामा रहेको ‘बसाहा बर्दा गौशला आश्रम’ नेपालकै राम्रो र व्यवस्थित बन्ने भएको छ । बारबर्दिया न.पा. वडा न.९ मा रहेको बसाहा बर्दा गौशला आश्रम नेपालकै राम्रो र व्यवस्थित आश्रम बन्न लागेको हो ।

वडा अध्यक्ष देबेन्द्र बिष्टका अनुशार यो भन्दा अगाडि गौशला आश्रम व्यवस्थित हुन नसकेर सबै गाईहरु गाउँघरमा गएका थिए ।उनले भने,’म अध्यक्ष भएर आएपछि मेरो पहिलो ध्यान गौमाता माथी गयो,मानिसहरुले खेतिबारीमा जादाँ धेरै पिट्ने,गाडीहरुले हानेर धेरै गौमाताको ज्यान गएको देखे। मन धेरै दुख्यो र मैले अठोट गरे गौमाताको व्यवस्थापन पहिले गर्छु र नगरपालिकाबाट गौ निती पास गरी नेपाल सरकारबाट तलब पाउने गरी ५ जना गौ सेबक राखे’।

Inside Article Ads

अब ‘बसाहा बर्दा गौशला आश्रम’ राम्रो र व्यवस्थित बन्ने उनले बताए। बिष्टले साधु सन्तलाई बस्ने कुटि, प्रतिक्षालय, गौमातालाई बस्ने ४ वटा टहरा ,चरा राख्ने डुड ,५५ हजारमा चारा मेसिन, महेन्द्र राज देखी गौशला सम्म जाने ग्राबेल गरेको बताए । उनले गौशालालाई पूण रुपमा उत्पादन जैवीक मल, गड्यौला मल, वायो ग्यास जस्ता अभियान शुरुवात गर्ने तयारीमा रहेको बताए ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.