
न्युज नेपाल एचडी संवाददाता
२३ चैत,काठमाडौँ-आज बालाजु बाईसधारा मेला अर्थात ल्हुती पूर्णिमाको अवसरमा बालाजु बाईसधारा क्षेत्रमा श्रद्धालुहरुको घुईचोँ लागेको छ।मनोकामना र श्रद्धाकासाथ आज बालाजु क्षेत्रका स्थानीय जनसमुदायले विशेष महत्वका साथ मेलामा सहभागी भएका छन्।
मन्नादी देवीको जन्मदिनको अवसरमा मनाईएको मेलाको अवसरमा श्रद्धालुहरुले बाइसधारा परिक्रमा गर्दै जल लिएर आफ्नो मुख धोएर नुहाईधुवाई गरेका छन् ।नुहाईधुवाइ गर्दा छालासम्बन्धी रोग निको हुने स्वास्थमा लाभ प्राप्त हुने धार्मिक जनविश्वासले देशको बिभिन्न स्थानबाट मानिसहरु बालाजु बाईसधारा क्षेत्र पुगेका छन् ।
मेलाको दिन नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधी हटेर सुख प्राप्त हुने, पारिवारिक समृद्धि कायम हुने र परलोकमा समेत पुण्य प्राप्त हुने धार्मिक आस्था रहिआएको बालाजुको स्थानीय व्यक्तिहरुको भनाई छ।
