
१ फागुन,काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कन्चनपुरको महेन्द्रनगरस्थित रहेको सुक्खा बन्दरगाहको अवलोकन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन् ।
आज यहाँ आयोजित कार्यक्रममा उनले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । “सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ”, उनले भने, “हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पु¥याउने विश्वास छ ।” उनले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा प्रधानमन्त्री दाहालले महाकाली नदीमा निर्माणाधिन चार लेनको पक्की पुलको समेत निरिक्षण गरेका थिए ।
