Fast Nepal News

रामनाथ पंडितको संयोजकत्वमा साँगे काठमाडौं सम्पर्क समाज गठन

banner single news

१ फागुन, काठमाडौँ-  तनहुँ स्थित साँगे खोलाको उदगम देखी अन्त्यसम्मको उपत्यका क्षेत्र र आसपासमा थाँतथलो रहि हाल काठमाडौंमा बसोबास गर्दै आएका साँगेलीहरुको साझा संस्था साँगे काठमाडौं  सम्पर्क समाज गठन भएको छ । शनिवार टोखा स्थित भूतखेलमा आयोजित वनभोज कार्यक्रम माझ समाज गठन गरिएको हो ।

सबै उमेर समुहका गरि कुल ९३ जना सहभागी माझ पंगेर थाँतथलो भई हाल हात्तीवन ललितपुरमा बसोबास गर्दै आउनुभएका निजामती सेवाबाट अवकाश प्राप्त रामनाथ पंडितको संयोजकत्वमा १३ सदस्यिय कार्य समिति गठन गरिएको छ । जसमा रंजना पोखरेल वाग्लेलाई सह संयोजक, विकास भण्डारीलाई सचिव, श्रृजना शर्मा पंडितलाई कोषाध्यक्ष र सुरेन्द्र वाग्ले,  जयराम वाग्ले, डा. अवतार न्यौपाने, बालदिवस पंडित,निरंजन काफ्ले, सोम बहादुर श्रेष्ठ, वासना भट्टराई भण्डारी, गंगाधर भट्टराई र सभ्यता न्यौपानेलाई सदस्यमा चयन गरिएको छ ।

वनभोजको अवसरमा नाचगान, घैटोफुटाई लगायतका मनोरंजनात्मक गतिविधि भएका थिए ।कार्यक्रममा पूर्व न्यायधिश तथा डिन ॠषिकेश वाग्ले, एनसिसि बैंकका अध्यक्ष एवम् न्याय परिषदका पूर्व सदस्य उपेन्द्रकेशरी न्यौपाने, गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष एवम् वैदेशिक रोजगार प्रबर्धन बोर्डका पूर्व कार्यकारी निर्देशक रघुराज काफ्ले, बागमती प्रदेशका सचिव डा.शंकर पंडित, कर्पोरेट लयर गान्धी पंडित, साबिक श्याम्घा गाविस अध्यक्ष किरण भण्डारी, पूर्व प्रहरी प्रशासक हरिराज वाग्ले, कांग्रेस नेता डा. शेषरमण न्यौपाने, लेखक एवम् चलचित्र समिक्षक यज्ञस पंडित, लेखक एवम् टेलिभिजन कार्यक्रम प्रस्तोता सरोज ओझा, राष्ट्र बैंकका उप९निर्देशक मदन पंडित आदीको उपस्थिती रहेको थियो ।

 

Inside Article Ads

 

 

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.