
२२ माघ, काठमाडौँ-आज साँखुको शालिनदीमा श्रदालुहरुको घुइँचो लागेको छ। बिहानदेखि नै स्वस्थानी व्रतकथा समापन भएको अन्तिम दिनको अवसरमा शालीनदीमा व्रतालु र श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो।
स्वस्थानी व्रतकथाको अन्तिम दिन व्रतालु व्यक्तिहरुले बिधिवत् रुपमा श्री स्वस्थानी ब्रतकथा सम्पन्न गर्न लागेका छन्। हिन्दू धर्ममा आस्था राख्ने व्यक्तिहरुले पौष शुक्ल पूर्णिमाको दिनदेखि आफ्नो मनकामना पूर्ण होस् भन्ने धार्मिक जन आस्था र यसको धार्मिक महत्वलाई बुझेर पौष शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म बसेको व्रत आजदेखि बिधिवत् रुपमा समापन गर्न लागेका हुन्।
Visited 16 times, 1 visit(s) today
