
२२ पुष, काठमाडौँ -आज पौष चतुर्दशीका दिनदेखि काठमाडौँ साँखु क्षेत्रमा माधवनारायण मेला सुरु भएको छ।आज काठमाडौँको साँखु क्षेत्रमा माधवनारायण मेला सुरु भएलगत्तै श्री स्वस्थानी ब्रतकथा आजदेखि सुरु भएको छ।
पौराणिक मान्यता अनुरुप आफ्नो मनोकामना पूरा हुने उद्देश्य र धार्मिक जन आस्थाको कारण साँखु शालीनदी क्षेत्रमा व्रतालु भक्तजनहरूको आजदेखि घुइँचो लाग्ने गर्दछ। हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गरिन्छ।
ब्रतको समय अवधिभर बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा रहिआएको पाइन्छ।
Visited 26 times, 1 visit(s) today
