Fast Nepal News

अन्तर्राष्ट्रिय स्तरमा ढाका टोपीको प्रभाव बढ्दै

banner single news

धना परियार/न्युज नेपाल एचडी संवाददाता

१७ पुष, काठमाडौँ- काठमाडौ पछिल्लो समय देशमा पश्चिमा संस्कृतिको प्रभाव बड्दै गएपछि २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउदै आईरहेका छन्। नेपाली टोपीलाई नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि लगाउने गरेका छन्।

नेपाली टोपी नेपालमा मात्रै सिमित छैन। यसको साईनो विभिन्न देश बंगलादेशको ढाका , काश्मिर , टर्की , नेपालको कैलाश पर्वत र पाल्पा सम्म फैलिएको छ। भादगाउँले टोपी र ढाका टोपीलाई विशेष गरि नेपाली टोपीको रुपमा लिने गरिन्छ। तर नेपाली समाजमा भने विभिन्न समुदाय आ – आफ्नै पहिचान र परम्परा अनुसार टोपी लगाउने गर्छन्।

Inside Article Ads

आजको दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमहरुको आयोजना गरि धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहर सङ्गै पछिल्लो पुस्तामा नेपाली टोपी लगाउने सङ्ख्या पनि बढ्दो छ।

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.