Fast Nepal News

अन्तर्राष्ट्रिय स्तरमा ढाका टोपीको प्रभाव बढ्दै

banner single news

धना परियार/न्युज नेपाल एचडी संवाददाता

१७ पुष, काठमाडौँ- काठमाडौ पछिल्लो समय देशमा पश्चिमा संस्कृतिको प्रभाव बड्दै गएपछि २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउदै आईरहेका छन्। नेपाली टोपीलाई नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि लगाउने गरेका छन्।

नेपाली टोपी नेपालमा मात्रै सिमित छैन। यसको साईनो विभिन्न देश बंगलादेशको ढाका , काश्मिर , टर्की , नेपालको कैलाश पर्वत र पाल्पा सम्म फैलिएको छ। भादगाउँले टोपी र ढाका टोपीलाई विशेष गरि नेपाली टोपीको रुपमा लिने गरिन्छ। तर नेपाली समाजमा भने विभिन्न समुदाय आ – आफ्नै पहिचान र परम्परा अनुसार टोपी लगाउने गर्छन्।

Inside Article Ads

आजको दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमहरुको आयोजना गरि धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहर सङ्गै पछिल्लो पुस्तामा नेपाली टोपी लगाउने सङ्ख्या पनि बढ्दो छ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.