Fast Nepal News

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२३ सुरु

banner single news
१७ पुष, काठमाडौँ -आज अंग्रेजी नयाँ वर्ष धुमधामका साथ विश्वभर मनाईदैछ। अन्तर्राष्ट्रिय जगतले मनाउने यस नयाँ वर्षले नयाँ वर्षको रूपमा मात्र नभई धार्मिक महत्व बोकेको छ।
किश्चियन धर्मका पर्वतकको येशू ख्रीष्टलाई कलवरी डाँडाको कूर्समा फाँसी दिएपछि सुरु भएको ईस्वी संवतले आज २०२३ वर्ष भएको छ। नेपालमा औपचारिक रूपमा प्रचलनमा नआएको यो ईस्वी संवत् लाई नेपाल भ्रमणमा आउने विदेशी र नेपालको ईसाई धमालम्बीरूले धुमधामका साथ नयाँ वर्ष मनाउने गर्दछन्। यसको प्रयोग गर्दछन्। अन्तर्राष्ट्रिय संवत् को रूपमा स्थापित भएको नयाँ वर्ष स्वदेश र विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ को सुरुवातसँगै न्यु इयर भई मनाएर मनाएर अन्तर्राष्ट्रिय जगतले २०२२ लाई विदाई र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी आज नयाँ वर्ष मनाइदै छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले येशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।पर्यटकको भीड भाड हुने नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘ न्यू इयर’ का नाममा यो संवत् धुमधामका साथ मनाइने भएको छ।
Inside Article Ads
Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.