Fast Nepal News

कर्णाली प्रदेशमा आज छोरा तिहार

banner single news
धना परियार/न्युज नेपाल एचडी संवाददाता

 

 

१० पुष, काठमाडौँ- नेपाल बहु धार्मिक बहु साँस्कृतिकको सयुक्त सङ्ग्राम हो। जहाँ विभिन्न जात – जाति भाषा धर्म अनुसार फरक-फरक सस्कार संस्कृतिहरु छन। उत्तर नेपालमा छुट्टै, दक्षिण नेपालमा छुट्टै, पुर्बी नेपालमा छुट्टै र पश्चिम नेपालमा छुट्टै । तर त्यसभित्र पनि प्राय नेपालीले थाहा नभएका भित्री सस्कार सस्कृतीहरु पनि छन जो सुन्दा अचम्म लाग्छ। पश्चिम नेपाल कर्णाली प्रदेशको जुम्ला,हुम्ला,डोल्पा लगायत अन्य ठाउँहरुमा मनाइने चाड जुन नेपालको मुख्य चाड दिपावलीमा आउने भाईटिहार जस्तै अचम्मको “छोरा तिहार” मनाउने प्रचलन छ। भाइतिहार सकिएको दुई महिना मनाइने यो चाड साच्चै रोचक छ। भाईतिहार पछिको छोरा तिहार प्रत्येक वर्षको पुष शुक्ल द्वितीयका दिन मनाईने यो चाड जुम्ला , डोल्पा लगायतका जिल्लामा सर्वसाधारणले धुमधाम सङ्ग मनाउने गर्छन।

 

 

आमा र छोरा बिहानै नुहाइधुवाई गरि छोराहरुले आमाको हातबाट टिका थाप्ने मालाहरु लगाई दिने र सगुन घरमै बनेका परिकारहरु खुवाउने गरिन्छ। घरमा नहुने छोराहरु फोन र विभिन्न माध्यम बाट आमाको आशिर्वाद लिने र आमाहरुले पनि छोराको लागि सगुन अथवा कोसेलीहरु छुट्याएर राख्ने गरिन्छ। यसरि टिका थाप्ने र माला लगाउने कार्य सकिएपछि आमाले छोराहरुलाई आशिर्वाद दिने र छोराहरुले आमालाई आफु सङ्ग भए अनुसार पैसा कपडा लगायतका कोसेलीहरु दिने गर्छन। यो प्रचलन बाट आमा र छोरा बिचको सामीप्यता अझै उजागर गरेको मान्न सकिन्छ।

 

परापुर्वकाल देखि मान्दै आएको यो चाड एकदम भब्य र सव्य गरि मनाउने गर्छन त्यहाँका वासिन्दाहरु। आमाको हातबाट टिका लगाइसकेपछि सबै छोराहरु अर्थात पुरुषहरु एक ठाउँमा जम्मा भएर प्रत्येक घर-घर हुँदै टोल -टोलमा तिहारमा देउसि खेलेझै छोरा तिहारमा भैलो खेल्छन। तेस्तै आमाहरु पनि एउटा ठुलो सार्बजनिक ठाउँमा भेला हुन्छन। पश्चिमी भाका चुट्किला र देउडा भाकामा गित गाउँदै रमाईलो गर्छन। त्यो दिन आ – आफ्नो मनका पिडा (बह) एक अर्कामा साटासाट गर्छन। कार्य बेस्तताले भेट्न नपाईएकाहरु , भेट नभएका सङ्गिहरु सङ्ग भेट हुन्छन।

 

यसरी भैलो खेलेर उठाएको पैसाले धारा,पधेरो,र बाटो जस्ता सार्बजनिक सम्पत्तिको मर्मत गर्छन भने बचेको रकमबाट र भैलो खेल्दा उठेका चामल लगाएतका सामानहरु जम्मा गरि बनभोज खान जान्छन। डोल्पा लगायत कर्णालीका केहि जिल्लाहरुमा मात्रै मनाईने छोरा तिहार नेपालको कुनै पनि जिल्लामा न मनाइने त्रिपुरासुन्दरी नगरपालिकाका एक जना स्थानीयले भने उनले थप्दै भने परापुर्व कालदेखि मान्दै आएको यो तिहार को रौनक पहिलेको जस्तो न भएको बताए। पहिला पहिला मान्छेहरु गाउँघरमै हुन्थे र रौनक पनि त्यतिकै हुन्थ्यो अहिले धेरै मानिसहरु गाउँ भन्दा बाहिर छन्।

 

विभिन्न कामको लागि कोहि सहर छिरे त कोहि यहीँ जिल्लामा कार्यरत रहे पनि गाउँमा आउन न पाउने भएर पनि पहिलेकि जस्तो रौनकता छैन उनले भने। प्रत्येक वर्ष गाउँ मान्छेहरुको जमघट धेरै जस्तो कम हुन थालेको छ। धेरै छोराहरु गाउँमा छैन्न। त्यसैले छोरा तिहार लगायत प्राचीन तिहार लोप हुने अवस्था छ।
Inside Article Ads
Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.