Fast Nepal News

धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व रहेको दैलेखको कालिका मन्दिर

banner single news

घना परियार/ दैलेख संवाददाता

दैलेख जिल्ला वडा नंम्बर ६ को रोल टोलमा श्री कालिका देबी मन्दिर अवस्थित छ। कालिका मन्दिरबारे त्यो समामा धार्मिक तथा ऐतिहासिक महत्त्व रहिआएको छ। सानो गाउँको माथि डाँडामा रहेको उक्त मन्दिर रमणीय देखिन्छ। गाउँका जेष्ठ नागरिकका अनुसार कालीदेबीका थुप्रै दिदीबहिनीहरुमध्ये मालिकादेबी , त्रिपुरादेबी , दुर्गादेबी , सरस्वतीदेबि आदि थिए। त्यसमध्यका एक हुन कालीदेवी पनि हो जुन हिन्दुधर्मको मर्म भन्ने बुझिन्छ। हाम्रो नेपाली समाजमा आ – आफ्नै रितीरिवाज  र चालचलन छन्। अझै हिन्दु समाजमा पुजाआजाका कुरा गर्दा पश्चिम भेगमा जहाँ खस आर्यहरु बसोबास गर्दै आएका छन्।
खस आर्यहरुको पुजाआजाको निश्चित समय हुन्छ। जेठ महिना , श्रावण महिना र दशै अर्थात असोजमा। जेठ महिनामा अन्य देवताहरुको पुजा गरिन्छ धामीझाँक्री सहित तिर्थब्रत र मन्दिर चोख्याउने  चलन छ। जो श्रावणमा लाग्ने पुजा मेलामा सजिलो होस्। त्यस्तै कालीकादेबीको पूजा गर्ने श्रावण विशेष समय हो। यो मन्दिर पहिले त ढुङ्गा र माटोबाट अलिअलि पूजा गर्ने बाटो मात्रै थियो। २०६२ सालमा नेपाल आर्मी गाउँमा बसिसकेपछि उनीहरुले काका मन्दिर निर्माण गरेको थियो। आठबिसको रोल टोल एकताका मन्दिरकै कारण खुब चर्चामा रह्यो। पछि फेरि पुरानो भएको उक्त मन्दिर अहिले स्थानीय सरकारले पुनः निर्माण गरेको छ। सानो गाउँमा अवस्थित त्यो मन्दिरमा विभिन्न ठाउँ बाट श्रद्धालु वा भक्तजन आउने गर्छन् । फेरि असोज महिनामा हिन्दूहरुको महान पर्व दशैमा पनि कालिका देबीको मन्दिरमा भक्तजनहरुको उत्तिकै ताती (घुइँचो)हुन्छ। कारण के भने काल अकालमा पर्दा मानिसहरुले सम्झिने र आफ्नो रक्षाकै लागि भगवान अन्तिम हुन भन्ने जुन बिश्वास छ सोहि कुराले माथि भनिए जस्तै कालीलाई भैंसी, बोका चढाउने गर्दछन्।
कुनै बाधा अप्ठ्यारो पर्दा कालिकालाई सम्झिएर राखेका भाकलहरु पुरा गर्न आउछन भन्ने मान्यता छ। यति मात्रै होइन निसन्तानहरुले भगवान सङ्ग सन्तान माग्ने चलन छ। बिपन्नहरुले धनमालको अपेक्षा सहित पूजाआजा गर्न आउछन्। विद्यार्थीहरु पनि कापी कलम चढाउने गर्छन। कालीले जे माग्यो त्यही दिन्छ भन्ने धार्मिक जनबिश्वासले विद्यार्थीहरुले पनि आफ्नु कार्य सफलता पछि भाकल पुरा  गर्ने गर्छन्। यसरी एउटा दैविक शक्तिको बिश्वासमा अडेको हाम्रो समाजको छुट्टै पहिचान छ। जो आठबिससङ्ग सम्बन्धित पनि छ। धार्मिक परम्परासङ्ग थुप्रै कुराहरु जोडिएका छन्।कालिका देवीको उपासनाले मानिसको जीवनमा आएको परिवर्तनलाई दैलेखको स्थानीय बासिन्दाले  देख्दै भोग्दै महशुस गर्दै आइरहेका  र त्यहाँका स्थानीयले धर्मप्रतिको विश्वासलाई अन्धविश्वास हो भनेर नकार्न सक्दैनन्  । यस्तै दर्जनौं विशेषताले भरिएको दैलेख जिल्लाको आठबिस रोल टोलमा कालिकाले दिएको छुट्टै पहिचान रहेको  छ।
Inside Article Ads
Visited 51 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.