Fast Nepal News

भिक्षु वोधिज्ञान महास्थविर द्वारा वर्षाबास सम्पन्न

भिक्षु, भिक्षुणी,वडा अध्यक्ष,उपासक, उपासिकाहरु गरी ७०६ जनाको सहभागिता रहेको थियो

banner single news

सलिना श्रेष्ठ। काठमाडौं

बौद्ध समुदायको सबैभन्दा ठूलो र पवित्र पर्वका रूपमा रहेको महान कथिन चिवर दान कार्तिक २१ गते सोमबार ललितपुरको दक्षिण भेगमा अवस्थित माझखण्ड विहारमा श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविर द्वारा सफलतापूर्वक वर्षावास सम्पन्न गर्नुभएको छ। सो-अवसरमा श्रद्धेय भिक्षु संघलाई कठिन चित्र दानपुण्य कार्यक्रम हर्षोल्लासका साथ मनाईएको थियो। जम्मा भिक्षु, भिक्षुणी,वडा अध्यक्ष,उपासक,
उपासिकाहरु गरी ७०६ जनाको सहभागिता रहेको थियो।धम्मवती गुरूमा, नन्द्रावती गुरुमा,वष्णबती गुरुमा,सुवष्णवती गुरुमा,क्षान्तिवती गुरुमा, करूणावती गुरूमां र ध्यानवती गुरूमां,Ms.Nyugen ThinThanh Dang and family Vietnam दाताहरुको सहयोगमा कथिन चिवर दान कार्यक्रमको आयोजना भएको थियो।

कार्यक्रमको सुरुवात करिन चिवर जात्राबाट गरिएको थियो जसमा चिवर फूल, मालाले राम्रोसँग सजाएर कथिन दाताले समातेर अघि अघि र त्यसपछि उपस्थित भिक्षु, भिक्षुणी र त्यसको पछि अष्टपरिकार दाताहरु लस्करै घुमाएको दृश्य साह्रै मनमोहक थियो। त्यसपछि सबैजनाले धर्महलमा आसन ग्रहण गरिसकेपछि अखिल नेपाल भिक्षु महासंघको अध्यक्ष भिक्षु धम्मसोवन महास्थविर द्वारा पञ्चशील प्रार्थना गराउनुभयो। त्यसलगत्तै भिक्षु बोधिज्ञान महास्थविर अध्यक्ष श्री चन्द्र बहादुर स्याङ्तानले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा सबैलाई स्वागत गर्दै धन्यवाद दिनुभयो र विहार निर्माणमा अझ धेरै योगदान दिने वाचा गर्नुभयो। त्यसपछि भिक्षु कोण्डन्य महास्थविरले कथिन चित्र र यसको महत्व विषयमा सारगर्भित धर्म प्रवचन भन्नुभएको थियो। उहाँको धर्म उपदेश (प्रवचन) सुनेर त्यहाँ उपस्थित सम्पूर्ण माझखण्डवासीहरु तथा वागमती गाउँपालिकाका अध्यक्ष तथा वडा अध्यक्षहरु सबैले भिक्षुको उपदेश सुनेर धर्मको ज्ञान पाएको र निकै प्रभावित भएको प्रतिक्रिया दिएका थिए। मन्तव्यहरु दिने क्रममा गाउँपालिकाका अध्यक्ष तथा वडाअध्यक्षहरुले माझखण्ड विहारको उन्नति र पुर्ननिर्माणको लागि सहयोग गर्ने वचन दिएका थिए साथै माझखण्ड साथै माझखण्ड पुग्ने बाटोको पनि स्तरउन्नति गर्ने वचन दिएका थिए। त्यसपछि धम्मसोवन भन्नेले कथिन चिवर दान र अष्टपरिकार दानको लागि वाक्य वाचन गर्न लगाउनु भयो।

Inside Article Ads

भिक्षु, अनागरिकहरुलाई दान प्रदान गर्ने लगत्तै उपस्थित सम्पूर्णलाई भोजनको व्यबस्था गरिएको थियो।भोजन पछि कथिन चिवर अष्टरण कार्य भिक्षु महासंघको उपस्थितमा सम्पन्न भएको थियो। त्यसपछि सबैलाई बिदाई गर्दै चिवर दान कार्यक्रम सम्पन्न भयो।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.