
प्रकाश कपाली । काठमाडौ
आज दशैंको दसौँ दिन अर्थात् विजयादशमीको दिन हिन्दू धर्मावलम्बीहरुले टीका र प्रसाद ग्रहण गरी धुमधामका साथ दुर्गा भवानीको पूजा गरी विजया दशमी मनाईदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष विजयादशमीको टीका लगाउने साईत ११.५१ उत्तम रहेको बताएको छ।
हिन्दू धर्मावलम्बीहरुले आज साईत अनुसार मान्यजनबाट टीका प्रसाद ग्रहण गरी दशैं धुमधामका साथ मनाउँदै छ।
यससँगै पारिवारिक सद्भाव र एकता कायम गरी आज मान्यजनबाट टीका,जमरा लगाएर आशीर्वाद ग्रहण गरी मनाइने यस पर्वले नेपालको सांस्कृतिक एकता र संस्कृतिको जगेर्नामा ठूलो टेवा पुर्याएको छ।
