Fast Nepal News

काठमाडौँको तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

banner single news

प्रकाश कपाली । काठमाडौं

काठमाडौँ उपत्यका क्षेत्रमा प्रत्येक वर्ष महानवमीका दिन तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ। महानवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरु तलेजु भवानीको पूजा अर्चना गर्न तलेजु भवानीको मन्दिरमा जाने गर्दछन् ‌।

प्रत्येक वर्षझैं काठमाडौँ बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको थियो। यसैको अवसरमा उपत्यकाको नेवार समुदायको व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।

Inside Article Ads

बिहानीको समयदेखि तलेजु भवानीको दर्शन गर्न गएका दर्शनार्थीहरुको भिड दिनभर नै रह्यो।

यसैगरी प्रत्येक वर्षको एकदिन अथात् महानवमीको दिनमा मात्र तलेजु भवानीको मन्दिर खुला गरिने भएकोले प्रत्येक वर्ष महानवमीको दिन तलेजु भवानीको दर्शन गर्न आउने व्यक्तिहरुको घुईंचो हुने बसन्तपुरको स्थानीयवासी संस्कृति विषयका जानकार सम्पन्न शाक्यले बताउनुभयो।

Visited 36 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.