
लमजुङ । सर्बोदय सेवाश्रमको २०सौं स्थापनादिवस हाल एक कार्यक्रम अायाेजना गरि मनाईयाे । राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 



आश्रम भित्र भगवानलाई चढाएको नरिवल उम्रेर टुसा पलाएको बिरुवा आश्रम परिसरमा रोपण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । सर्बोदय सेवाश्रमका संस्थापक कृ्ष्णराज ओलियाले बार्षिक प्रतिवेदन र लेखा अधिकृत बिजय मिश्रले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथिले सर्बोदय सेवाश्रम राइनास र लमजुङको मात्र नभई नेपाल कै गौरव गर्न लायक संस्था हो भन्नू भयो । यसको परिकल्पना अनुसारको बिकासका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु हुँदै नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो । मानिसको योगदानको कदर मरे पछि होईन जीवित छंदै सहयोगि बनेर गर्नु पर्ने बताउनु हुँदै प्रमुख अतिथि गुरुङले कृष्णराज ओलियाको कर्म महान छ उहाँलाई उहाँको अभियानमा अहिले नै सहयोग गरौं । पछि रोइलो गरेको अर्थ हुंदैन । विशेष अतिथि राइनास नगर उप प्रमुख पुष्पराज खनाल ज्युले आश्रमले अनुकरणीय कार्य गरेको छ । यसको दिगो पनाका लागि एक पटक कम्तिमा हामी नगरबासिले हाम्रा जन्म दिन र पुर्खा स्मरणको तिथिमा बाह्य खर्च घटाएर सहयोग गरौं । नगरपालिकाले पनि यसलाई सर्बब्यापक बनाउन पहल गर्ने बताउनु भयो । यसै गरि प्रमुख प्रशासकिय अधिकृत गोकर्ण राज सुंयल ज्युले यस्ता मानवियसर्ब हितका काममा नगर पालिकाले अभिभावकत्व लिनु पर्ने बताउनु हुँदै नागरिक स्तरबाट भएको यो काम आफैमा दिव्य छ । कार्यक्रममा सर्बोदयमा योग साधानामा रहेका अमेरिकि नागरिक जेकव ले संस्कृत र नेपालीमा भजन सुनाउँदै सर्बोदय सेवाश्रम आफैमा शान्ति धाम हो संसारभरका तनावमा भएकाहरुका लागि सर्बोदय सेवाश्रम र नेपाल भुमि शान्ति क्षेतर हुन्छ भन्नू भयो । कार्यक्रममा मातृका प्रसाद खनाल , शरणहरि जोशि , क्या.खड्गबहादुर गुरुङ, दुर्गा भक्त धमलाले शुभकामना ब्यक्त गर्नु भएको थियो । मातृका प्रसाद खनाल ज्युले आफ्ना स्वर्गीय पिता लक्ष्मि प्रासाद खनालको बार्षिक पुण्य स्मृतिमा रु ५०००।-( पाँच हजार ) अक्षयकोष प्रदान गर्नु भयो । उदिपुर निवासी शरणहरि जोशी र रमा जोशीका अमेरिकामा रहनु हुने सुपुत्री साधाना जोशीका तर्फबाट रु २००००।-( बिसहजार) प्रदान गर्नु भएको थियो । संचालक समितिका सदस्य चिजकुमार श्रेष्ठले स्वागत मन्तव्य
राख्नु भएको थियो भने अध्यक्ष सुकदेव रिसालले अध्यक्षता गर्नु भै धन्यवाद सहित समापन गर्नु भएको थियो ।
