Fast Nepal News

खुल्यो पशुपतिनाथ मन्दिर भक्तजनमा खुसियाली

पशुपतिनाथको मूल मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला भएको हो

banner single news

२५ भदौ, काठमाडौं । पशुपतिनाथ मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाका कारण साढे चार महिना भक्तजनका लागि बन्द गरिएको थियाे । पशुपतिनाथको मूल मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला भएको हो । आजबाट भक्तजनका लागि खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषले जनाए अनुसार,पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।

Inside Article Ads

लामो समय बन्द गरिएको पशुपतिनाथ मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द भएको छ ।

Visited 35 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.