Fast Nepal News

काेभिडकाे महामारीमा सहयाेग गर्नेलाई सम्मान

पार्वती माध्यमिक विद्यालयले सम्झियाे दातालाई

banner single news

श्री पार्वती माध्यमिक विद्यालयले कोभिड्मा बालबालिकाका लागि जोखिम मोलेर स्वास्थ्य सामग्री बितरण गरेकोमा सबै संघ संस्था र ब्यक्ति सम्झिएर सम्मान गरेकाे छ । बौद्धिक सामाजिक ब्यक्तित्व डा बलराम तिमल्सिना ,नारायण तिमल्सिना ,कृष्ण प्रसाद तिमल्सिना,लगायतलाई सम्मान गर्‍यो ।आजै जेसिस बेथानचोक गाउँपालिकाका अध्यक्षमा हरिकृष्ण दाहालजीको पदस्थापन गर्नुभएको छ । विभिन्न ब्यक्तित्वहरू डा बलराम तिमल्सिना ,परशु घिमिरे वरिष्ठ पत्रकार ,सहसचिव नवराज घिमिरे ,संगीतकार मित्र राजेश थापालाई जेसिसले सम्मान गरेकाे छ । यस कार्यक्रममा पुर्ब अध्यक्ष मुक्ति नाथ तिमल्सिना ,आई पीपी राजेश तिमल्सिनाकाे सहभागीता थियाे ।
साथै पनौती जेशिसका अध्यक्ष पुर्ब अध्यक्ष र निबर्तमान अध्यक्ष क्रमशः मिरा गिरि, अनिश ब्लोन,अनिल बोलखेलका साथै अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य श्रमिक तथा ट्रेड युनियन बिभाग युनियन प्रमुख आदरणीय शिब हुमागाईले उपस्थिति थियाेे उहाँले युवा उत्साह नै अाजकाे कार्यक्रमकाे प्रतिफल हाे भनी टिप्पणी गर्नुभएको थियोे !

Inside Article Ads
Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.