Fast Nepal News

नेपालको एक अग्रणी शैक्षिक संस्था युनिग्लोब मा. वि./कलेज

banner single news

२४ असार,काठमाडौँ- युनिग्लोब मा. वि./कलेज नेपालको एक अग्रणी शैक्षिक संस्था हो । देशको राजधानी काठमाडौं शहरको मुटु कमलादी गणेस्थानमा अवस्थित यस कलेजमा व्यवस्थापन, विज्ञान र कानुन संकाय अन्तर्गत १० जोड दुईका शैक्षिक कार्यक्रमहरु संचालनमा रहेका छन् ।२१ औं शताब्दी अनुरुप हरप्रकारका प्रतिस्पर्धामा आफुलाई विश्वस्तरमै अब्बल साबित गर्न सक्ने दक्ष एवम क्षमतावान् जनशक्ति उत्पादन गर्दै राष्ट्र सेवा गर्ने उदेश्यसहित यस कलेज स्थापनामा आएको हो ।

युनिग्लाेब मा.बि./कलेजकाे स्वामित्व शैक्षिक जगतकाे प्रसिद्ध संस्था प्राेफेशनल एजुकेटर्स लिमिटेडले ग्रहण गरेकाे छ र युनिग्लाेबकाे नीति निर्माण, सुपरिवेक्षण र दैनिक पठन पाठन एवम् सञ्चालन कलेजका अध्यक्ष प्राज्ञिक ब्यक्तित्व डा. खगेन्द्र ओझाकाे प्रत्यक्ष निर्देशनमा हुने गरेकाे छ ।

गोल्ड मेडल हासिल गर्नुभएका मेधावि व्यक्तित्व ओझासहित प्राध्यापन पेशामा लामो समयको अनुभव हासिल गर्नुभएका प्राज्ञिक व्यक्तित्वहरुद्वारा संचालित यस कलेजमा देशभरबाट बर्षनी करिब ५० भन्दा बढि जिल्लाका विद्यार्थीहरु भर्ना हुने गरेका छन् । त्यसो त उज्जवल भविस्यको सपना बोकेर गुणस्तरिय एवम् समयसापेक्ष शिक्षाको खोजीमा रहनुहुने हरेक विद्यार्थीहरु र तमाम अभिभावकहरुको सपना साकार पार्न युनिग्लोब कलेजले विद्यार्थी केन्द्रित शिक्षण सिकाई पद्धति अनुशरण गर्दै मैत्रीपूर्ण शैक्षिक वातावरण उपर ध्यान केन्द्रिकृत गरेको छ ।

उपर्युक्त वातावरणमाझ आफना विद्यार्थीहरुलाई शिक्षण सिकाई प्रकृयामा सामेल गराउदै आउने क्रममा युनीग्लोबले दक्ष जनशक्तीका अलवा भौतिक पुर्वाधार एवम् अतिरित्त कृयाकलाप माथि पनि बिशेष जोड दिदै आएको छ । जसमा दक्ष जनशक्तीको पदपुर्ती गर्दै अध्यापक एवम् अध्यापिकाहरुको लागि आकर्षक तलबमानको व्यवस्था गर्नुका साथै सेवा सुविधा र प्रतिष्ठा जस्ता सन्दर्भमा कलेजले उच्च प्राथमिकता दिदै आएको छ । फलत: यहाँ अध्यापनरत अधिकांश अध्यापक/ अध्यापिकाहरु स्थापना कालदेखी सेवा प्रवेश गर्नेहरु मध्येकै हुनुहुन्छ । र उहाँहरु युनिग्लोबले अबलम्बन गर्दै आएको सामुहिक भावनाको मर्मलाई आत्मसात गर्दै उच्च मनोबलका साथ शिक्षण सिकाई प्रकृयामा सामेल हुँदै आउनु भएको छ ।

Inside Article Ads

त्यसैगरि युनिग्लोब कलेजले भौतिक पुर्वाधार अन्तर्गत कक्षाकोठालाई प्रविधिमैत्री र सुविधा सम्पन्न तुल्याएको छ भने अत्याधुनिक लाईब्रेरी समेतको व्यवस्था गरिएको छ । त्यसो त युनिग्लोब कलेजले विज्ञान संकाय अन्तर्गतका विद्यार्थीहरुलाई लक्षित गरि प्राक्टिकल अर्थात प्रयोगात्मक अभ्यासका लागि भनेर फिजिक्स (भौतिक शास्त्र) क्यामेस्ट्री (रसायन शास्त्र) र बायोलोजी (जिव विज्ञान) का अत्याधुनिक प्रयोगशालाहरु संचालनमा ल्याएको छ । जसका कारण विद्यार्थीहरुले अभ्यास गर्दै सहज रुपमा सिक्न सक्ने वातावरण यहाँ विद्यमान छ ।

त्यसैगरि भौतिक पुर्वाधार अन्तर्गत नै कलेज परिसर हातामा खेलकुद अन्तर्गत बासकेट बल कोर्ट, टेबल टेनिस बोर्ड, फुटसल ग्राउण्ड आदी संरचनाहरु खडा गरिएको छ । जसमा नियमित खेल गतिविधिहरु हुनुका साथै वार्षिक क्यालेण्डर (तालिका) बनाई खेल प्रतियोगिताहरु संचालन गरिदै आईएको छ । साथै, आन्तरिक र बाहय अर्थात अन्तर विद्यालय, नगर वा राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा समेत विद्यार्थीहरुलाई सामेल गराउने गरिएको छ । जसमा हालसम्म कलेजले थुप्रै प्रतियोगिताहरुमा सर्वोकृष्ट नतिजा सहित जित निकाल्दै आएको छ । त्यस्तै कलेज प्रशासनलाई चुस्त एवम् प्रभावकारी बनाउदै शैक्षिक कार्यक्रम एवम् गतिविधिहरुमा युनिग्लोब कलेज व्यवस्थापन पक्षले बिशेष ध्यान दिदै आएको छ ।

 

क्यारिएर काउन्सिलिङको व्यवस्थासहित विद्यार्थीहरुको सर्वाङिण विकासमा ध्यान दिदै आएको युनिग्लोब कलेजले वार्षिक बोर्ड परिक्षाहरुमा उत्कृष्ट नतिजा पस्कदै आएको छ भने यहाँबाट पास आउट विद्यार्थीहरुले थप शिक्षा आर्जनमा सफलता प्राप्त गर्दै बिषयगत विधा अन्तर्गत विज्ञान, व्यवस्थापन तथा कानुनको क्षेत्रमा कार्य कौशलतासहित गर्विलो उपस्थिती जनाउदै आएका छन् ।

 

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.