Fast Nepal News

निजी छाडेर सामुदायिक विद्यालयमा

६ देखि ९ कक्षासम्मका लागि २४० कोटा तोकिएकोमा दुई गुणाभन्दा बढी ५१७ विद्यार्थीले प्रवेश परीक्षा दिएपछि झापाको हिमालय माविमा कोटा थपेर ४१० पुर्‍पाइयो

banner single news

३ बैशाख,काठमाडौँ-अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने दमकको पहिलो सामुदायिक विद्यालय हो, हिमालय । झापाकै अब्बल हिमालय माविमा पढ्न निजी छाडेर विद्यार्थी आउँछन् ।

नयाँ शैक्षिक सत्रका लागि विद्यालयले कक्षा ६ देखि ९ सम्म तय गरेको कोटा बढाएर भर्ना लिएको छ । विद्यालयले दुई सय ४० कोटा तय गरेर सोमबार प्रवेश परीक्षा लिएको थियो । तर, पाँच सय १७ विद्यार्थीले भर्नाका लागि प्रवेश परीक्षा दिएपछि कोटा थप गरेर चार सय १० जना पुर्‍याएको छ ।

‘धेरै विद्यार्थीले प्रवेश परीक्षा दिएपछि हामी दबाबमा पर्‍र्यौँ । अब तीनजना शिक्षक थपेर पुरानो भवनमा पनि कक्षा सञ्चालन गर्छाैँ,’ प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले भने ।

विगतमा कक्षा नौ मा ६ वटा सेक्सन थियो । अब दुईवटा बढाएर आठवटा पुर्‍याइने उनले बताए । प्रअ श्रेष्ठका अनुसार कक्षा ९ मा भर्नाका लागि बढी चाप हुने गर्छ । यसपटक कक्षा ९ मा ५० जना नयाँ विद्यार्थीको भर्ना लिने योजना थियो । तर, दुई सय ३२ जना भर्ना हुन आएका छन् ।  यो विद्यालयले प्रवेश परीक्षा लिएर कक्षा ६ देखि ९ मा भर्ना लिन्छ भने नर्सरीमा प्रवेश परीक्षाविना नै भर्ना लिने गरेको छ ।

‘हामीकहाँ निजी र सामुदायिक विद्यालयबाट विद्यार्थी आउने गरेका छन्, वैशाखदेखि नयाँ भर्ना सुरु हुन्छ । तर, भर्नाका लागि विद्यार्थी आइसके,’ प्रधानाध्यापक श्रेष्ठले भने ।

हिमालयमा राम्रो पढाइ हुने भएकाले इलामबाट छोरी आकृतिलाई भर्नाका लागि प्रवेश परीक्षा दिन ल्याएको अर्जुन भट्टराईले बताए । ‘इलाममा बोर्डिङ पढाएको थिएँ । अब हिमालयमा कक्षा ९ मा पढाउँछु,’ उनले भने ।

झापाको कमल गाउँपालिका–३ का टेकबहादुर खड्काले पनि सिद्धार्थ बोर्डिङमा पढिरहेका नाति प्रज्वललाई कक्षा ८ मा भर्नाका लागि प्रवेश परीक्षा दिन हिमालय मावि ल्याएका छन् । ‘यहाँको पढाइ र नतिजा राम्रो छ, त्यही भएर सामुदायिक विद्यालय ल्याएँ,’ टेकबहादुरले भने ।

हिमालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । ‘अहिले हामीले पूर्ण अंग्रेजी बनाएका छौँ,’ उनले भने, ‘कक्षा ९ मा चाहिँ एउटा नेपाली मिडियमको कक्षा पनि राख्ने योजना छ ।’

नर्सरीमा भर्नाका लागि परीक्षा दिनुपर्दैन । उनका अनुसार नर्सरीमा भर्नाका लागि एक सयजनाले फाराम भरेका छन् । दमकमा २१ वटा सामुदायिक विद्यालय छन् जसमध्ये नौवटा मावि हुन् ।

यहाँ गत शैक्षिक सत्रमा कक्षा १२ सम्म तीन हजार दुई सय ४७ जना विद्यार्थी थिए । तीमध्ये यसपटक एसइईमा तीन सयजना सहभागी भएका छन् । त्यही एसइईमा सहभागी भएकै संख्यामा नयाँ भर्ना लिने तयारी रहेको उनले बताए ।

हिमालय माविले यसरी प्रवेश परीक्षा लिएर भर्ना सुरु गरेको एक दशक भयो । यहाँ अध्ययनका लागि झापासँगै ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, भोजपुरलगायतका जिल्लाबाट विद्यार्थी आउने गरेको प्रअ श्रेष्ठले जानकारी दिए ।

अंग्रेजी शिक्षा र विद्यालयका शिक्षकले पनि आफ्ना सन्तानलाई यही विद्यालयमा पढाएका कारण अभिभावकमा विश्वास बढेको उनले बताए । अहिले अधिकांश विद्यार्थी बोर्डिङबाट आउने गरेका छन् । ‘०६२ सालसम्म यहाँ खासै विद्यार्थी हुँदैनथे । हामीले ०६२ को चैतमा स्टाफ मिटिङबाट कम्प्युटर शिक्षा पनि लागू गर्नुपर्छ भन्ने निचोड निकाल्यो । ०६४ बाट पढाइ पनि सुरु गर्‍यौँ । त्यति हुँदा पनि खासै विद्यार्थी आएनन्,’ उनले भने, ‘तत्कालीन प्रअ विदुरप्रसाद खतिवडा र मैले सर्भे गर्दा अंग्रेजी शिक्षा चाहिनेरहेछ भन्ने निष्कर्ष निकाल्यौँ । त्यति गर्दा पनि विद्यार्थी नआएपछि हाम्रा छोराछोरी पनि यहीँ पढाउन थाल्यौँ । यसले अभिभावकको विश्वास जित्यो । त्यसपछि प्रवेश परीक्षा नै लिनुपर्ने अवस्था आयो ।’

हिमालय माध्यमिक विद्यालय सुधारको श्रेय तत्कालीन प्रअ विदुर खतिवडालाई जान्छ । उनकै नेतृत्वमा विद्यालयले कोल्टे फेरेको हो । उनी प्रअ हुँदादेखि नै विद्यालयमा प्रवेश परीक्षा सुरु गरिएको हो । विद्यालयले हाल कक्षा ९ र १० मा प्राविधकि विषयको रूपमा कम्प्युटर इन्जिनियरिङ पढाउँदै आएको छ । विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा दमक नगरपालिकाका पूर्वमेयर रोमनाथ ओली आएका छन् ।

हिमालय माध्यमिक विद्यालय ०७४ सालमा नै शिक्षा मन्त्रालयको नमुनाउन्मुख विद्यालयको सूचीमा परेको थियो । भवन र जनशक्ति व्यवस्थापन हुने भए विद्यार्थी संख्या अझै बढाउन सकिने उनी बताउँछन् । हाल हिमालय माविमा ४७ जना शिक्षक तथा कर्मचारीको दरबन्दी छ । दोब्बरभन्दा बढी शिक्षक तथा कर्मचारी निजी स्रोतबाट राख्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘सरकारले दरबन्दी कटौती गर्न हतार गर्छ । तर, दरबन्दी थप्दैन,’ उनले भने, ‘हाम्रोमा त अझै ५० जना शिक्षक तथा कर्मचारीको दरबन्दी थप्नुपर्छ ।’

विद्यालयमा अहिले सातवटा तीनतले भवनमा रहेको ५२ वटा कक्षा कोठामध्ये ४६ वटामा पढाइ भइरहेको छ । भवन अपुग भएपछि पुरानो जीर्ण रहेको कक्षा कोठामा पनि पढाउनुपर्ने बाध्यता रहेको प्रअ श्रेष्ठले बताए । अघिल्लो पटक भवन बनाउन पाँच करोड रुपैयाँ बजेट आएको थियो । त्यसले तीनतले १२ कोठे भवन बनायौँ । यो पनि पूर्ण भएको छैन,’ उनले भने, ‘अर्को भवनको जग खनिएको छ । तर, बजेट रोकिएर काम नै भएन । त्यो भवन बने विद्यार्थी संख्या पनि बढाउन सकिन्थ्यो ।’

निःशुल्क छैन सामुदायिक विद्यालयको शिक्षा
दमक नगरपालिकाले बनाएको शिक्षा ऐनमा माध्यमिक शिक्षा निःशुल्क हुने उल्लेख छ । तर, ऐनविपरीत सामुदायिक विद्यालयले आफूखुसी शुल्क असुल्दा पनि नगरपालिका मौन छ । २१ वटा सामुदायिक विद्यालयले कति शुल्क उठाउने भन्ने कुनै मापदण्ड छैन । विद्यालयले आफूखुसी शुल्क लिइरहेका छन् । दमकका सबैजसो सामुदायिक विद्यालयले भर्ना शुल्क लिँदै आएका छन् । यद्यपि, उनीहरूले त्यसलाई अभिभावक सहयोगको नाम दिँदै आएका छन् ।

दमकको नाम चलेको हिमालय माविले अभिभावक सहयोगको नाममा नर्सरीलाई वार्षिक तीन हजार शुल्क लिन्छ । यस्तै, कक्षा नौमा भर्ना भएका नयाँ विद्यार्थीलाई सात हजार नौ सयसम्म लिने गरेको छ । प्राविधिक विषय पढ्ने कक्षा– १० कम विद्यार्थीले १३ हजार ६५० रुपैयाँसम्म वार्षिक बुझाउनुपर्छ । अन्य कक्षामा भने शुल्क कक्षाअनुसार फरक छ ।

अन्य विद्यालयले पनि कक्षा–१० को पाँच हजारभन्दा बढी भर्ना शुल्क लिने गरेका छन् । ‘विद्यालयमा शिक्षकको दरबन्दी कम हुन्छ । अंग्रेजी माध्यम पनि पढाउनुपर्छ । त्यसकारण निजी स्रोतमा शिक्षक राख्नुपर्ने बाध्यता छ,’ हिमालय माविका प्रधानाध्यापक श्रेष्ठले भने, ‘अभिभावकको स्वीकृतिमा अभिभावक सहयोगबापत सहयोग शुल्क लिँदै आएका छौँ । नगरपालिकाले सबै व्यवस्थापन गरिदिने भए त्यो पनि लिँदैनौँ ।’

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले विद्यालयलाई सबै व्यवस्थापन गरेर यस वर्ष कम्तीमा कक्षा पाँचसम्म निःशुल्क गर्ने तयारी रहेको बताउँछिन् । ‘एकैपटक सबै सकिँदैन । चाँडै निर्णय गरेर कक्षा पाँचसम्म निःशुल्क गर्छौँ । हामीले निःशुल्कको निर्णय गरेर मात्र हुँदैन । विद्यालयले सक्दैन । नगरपालिकाले नै यसको व्यवस्थापन गर्नुपर्छ,’ उनले भनिन्, ‘यसवर्ष कक्षा पाँचसम्म निःशुल्क गर्ने, अर्कोपटक कक्षा आठसम्म र पछि कक्षा–१२ सम्मै निःशुल्क गर्ने योजना छ ।’

अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने दमकको पहिलो सामुदायिक विद्यालय हो, हिमालय । झापाकै अब्बल हिमालय माविमा पढ्न निजी छाडेर विद्यार्थी आउँछन् ।

Inside Article Ads

समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.