Fast Nepal News

पद्मकन्या कक्षा १२ का विद्यार्थीको विदाई कार्यक्रम सम्पन्न

पद्मकन्या अावाज पाँचौ अङक विमाेचन सम्पन्न गरियो

banner single news

काठमाडौं । चैत २७ पद्मकन्या विद्याश्रम मावि कक्षा १२ का विद्यार्थीलाई कक्षा ११ का विद्यार्थीले विदाई कार्यक्रम सम्पन्न गरेका छन् ।

Inside Article Ads


कार्यक्रममा पत्रकारिताका विद्यार्थीहरूले नियमित प्रकाशन गर्दै अाएका पद्मकन्या अावाज पाँचौ अङ्क प्र अ रिता तिवारी लगायत सहायक प्र अ निमा पान्डे,मुना निराैला, शिक्षक प्रतिनिधि राजेन्द्रसिंह महरा र विषय शिक्षक उज्वल खनालले सम्युक्त रूपमा विमाेचन गर्नु भएकाे थियाे ।पत्रिका प्रकाशनकाे महत्त्व वारे विषय शिक्षक उज्वल खनालले प्रकाश पार्नु भएकाे थियोे । कार्यक्रममा १२ का विद्यार्थीलाई मायाकाे चिनाे सहित विदाई गरिएको थियोे । विद्यार्थीहरूले विभिन्न साँस्कृतिक कार्यक्रम गरि मनाेरन्जन दिएका थिए ।कार्यक्रमकाे सभापति प्र अ रिता तिवारीले गर्नुभएको थियाे । उहाँले महिला विद्यार्थी मात्र पढाइ हुने यस विद्यालय अभिभावकको राेजाईमा पर्न सफल हुनुकाे कारण प्रस्टाउनु भएकाे थियाे । यस विदाई कार्यक्रममा करिव तिनसय विद्यार्थी र शिक्षकहरूको भव्य उपस्थित भएकाे प्र अ रिता तिवारीले जानकारी दिनु भयाे ।

Visited 160 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.