Fast Nepal News

पद्मोदय माध्यमिक विद्यालयको ७७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

banner single news


तपेश जैशि,काठमाडौं
। सामुदायिक विद्यालयहरुमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रामशाह पथ , काठ्माडौँ स्थित पद्मोदय माध्यमिक विद्यालयले स्थापनाको हिरक महोत्सव,७७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्यताका साथ सम्पन्न गरेको छ । सम्माननीय प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डकाे प्रमुख अातिथ्यमा पद्माेदय माध्यमिक विद्यालय रामशाह पथ काठमाडौंकाे हीरक महाेत्सव , ७७ अाैं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको हाे । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी , पूर्व सभामुख तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दमननाथ ढुङ्गाना,वाग्मती प्रदेश सांसद हरिप्रभा खड्गी श्रेष्ठ , राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष महाश्रम शर्मा , शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा , वागमती प्रदेश परीक्षा व्यवस्थापन कार्य लयकी प्रमुख जयन्ती सत्याल, काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदी , काठमाडौं महानगरपालिका २८ वडाका अध्यक्ष भाइराम खड्गी, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हेमन्त खरेल, पूर्वप्रधानाध्यापकज्यूहरू शिक्षकहरू, कार्यक्रम लाई सफल बनाउन अहाेरात्र खट्नु हुने विद्यालयका शिक्षक साथीहरू , कर्मचारीहरू , विद्या लय व्यवस्था समितिका अध्यक्ष एवम् सदस्यज्यूहरू, शिक्षक अभिभावक संघका अध्यक्ष लगायत सदस्यज्यूहरू,विद्यार्थी भाइबहिनीहरूकाे उपस्थिति रहेकाे प्र अ नारायण गाैतमले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र अवस्तिको अध्यक्षता तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूको प्रमुख आतिथ्यतामा आज एक भव्य समारोहका बीच हिरक महोत्सव,७७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाइएको हो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा उत्कृष्ट शिक्षक एवं अभिभावकलाई सम्मानित गरिएको थियो । पुरस्कृत र सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि एवं सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए । सोही अवसरमा विद्यालयको पुस्तक ‘पद्म पुश्प’ समेत विमाेचन गरिएको थियो । औपचारिक कार्यक्रमको कार्यक्रम सञ्चालकको भूमिका विद्यालयका सहायक प्रधानाध्यापक निर्मल खतिवडाले निभएका थिए भने औपचारिक कार्यक्रम पछी कार्यक्रममा विद्यार्थिहरुले आफ्नो प्रतिभा देखाइ साँस्कृतिक कार्यक्रम आफैले आयोजना गरेका थिए जसको सञ्चालकको रुपमा कक्षा १२ का तपेश जैशी र रोहित श्रेष्ठ थिए ।

प्रधानमन्त्री पुस्पकमल दाहालले पद्मोदय माध्यमिक विद्यालयको ७७ औं वार्षिकोत्सव ( हिरक कहोत्सव) कार्यक्रमको शुभकामना दिदै
शिक्षा क्षेत्रमा धेरै समस्या देखिएको र ति समस्या समाधनका लागि शिक्षा ऐन ल्याई प्याकेज मै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
पुर्व विद्यार्थी तथा पाँच पटक प्रधानमन्त्री भैसकेका पुर्व प्रधानमन्त्री सूर्यबहादुर थापा लगायत लामो समय शिक्षक, प्रधानाध्यापक रहँदै विद्यालयलाई आजको स्थानसम्म ल्याउन महत्वपूर्ण योगदान पुर्याएका पूर्व प्रधानाध्यापक,पूर्व शिक्षक,पूर्व प्रशासक, कार्यालय सहयोगी लगायतलाई दीर्घसेवाकौ लागि कदरपत्रसहित सम्मानित गरिएकौ थियो । कार्यक्रममा उनीहरुकौ योगदानको स्मरण तथा चर्चा गरिएको पनि थियो । पुर्व सभामुख दमननाथ ढुङ्गानाले शैक्षिक क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिकौ चर्चा गर्दै आगामी दिनमा विद्यालयकौ अझ अब्बल बन्दै आफ्नो विशिष्ट पहिचान कायम राखोस् भन्ने शुभेच्छा व्यक्त गरैका थिए ।

यसैगरी विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतमले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको विगतदेखि वर्तमान अवस्था र भविष्यका योजना तथा लक्ष्यहरु प्रस्तुत गरैका थिए । विद्यालय आगामी दिनमा प्रविधि र जीवनोपयोगी सीपयुक्त शिक्षा दिन क्रियाशिल रहने र विद्यालयको शिक्षालाई संस्कारयुक्त शिक्षा प्रणालिको बनाउने उनको भनाइ थियो ।

Inside Article Ads

कार्यक्रममा अभिभावक, समाजसेवी, छात्रवृति कोष संस्थापक, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, कर्मचारी, छिमेकी विद्यालयका प्रधानाध्यापक,विद्यार्थी ,पुर्वविद्यार्थी पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

Visited 123 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.