Fast Nepal News

महर्षि महेश योगीको जन्मजयन्तीको अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसन र काठमाडौं विश्वविद्यालय बीच सहकार्य सम्झौता सम्पन्न

banner single news

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा योगी साइन्स एण्ड वेलवीइङसको स्नातक तहमा चार बर्षको कोर्ष संचालनार्थ नेपाल महर्षि वैदिक फाउण्डेसन र काठमाडौं विश्वविद्यालय बीच सहकार्य सम्झौता सम्पन भएको छ । महर्षि महेश योगीको जन्मजयन्तीको अवसरमा दक्षिणकाली नगरपालिका वोसन, सरस्वती नगर स्थित नेपाल महर्षि वैदिक फाउण्डेसनको वास्त्तु भवनमा विहिवार आयोजित एक कार्यक्रम माझ दुई पक्ष बीच सम्झौता भएको हो । उक्त सम्झौतामा फाउण्डेसनकातर्फबाट अध्यक्ष दिपक प्रकाश बाँस्कोटा र काठमाडौं विश्वविद्यालयकी डिन सूकमाया पुनले हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा जगदगुरु बाल सन्त मोहनशरण देवाचार्यज्यूले महर्षि महेश योगीज्यूको नेपाल आगमनको ऐतिहासिक महत्व रहेको चर्चा गर्नुहुँदै भन्नुभयो – मेरो होइन मेरा गुरुको भक्ति गर भन्ने महान् आदर्शलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिनु भयो । वैदिक देशका बासिन्दाले यो कुरालाई सधैं व्यवहारमा लागू गर्न तत्पर हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले नेपाल प्राचीन वैदिक राष्ट्र भएको र यहीं प्राचीन १२ ज्योतिर्लिङ्गहरु रहेको शास्त्रीय प्रमाण प्रस्तुत गर्नुभएको थियो । “महर्षिको जन्म जयन्तीका अवसरमा महर्षि संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । ज्ञातव्य रहोस पौष २८ गते (जनवरी १२) का दिन ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकाली – १ मा प्रमुख अतिथिका रुपमा जगदगुरुले माथिको कुरा बताउनुभएको हो । यसैगरी नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाले महर्षि महेश योगीसँगको विगतमा एक दशक लामो संगत रहेको चर्चा गर्नुहुँदै महर्षिले सुरु गराउनुभएको नेपालको यज्ञमार्फत अपराधको हार भएको अनुभव सुनाउनु र भन्नुभयो । आज काठमाण्डौ विश्वविद्यालयसँग महर्षि संस्थाले गरेको सहकार्यसम्बन्धी हस्ताक्षरमा चेतनामा आधारित शिक्षासहित वैदिक मूल्यका विषयमा निरन्तर अध्ययन र अनुसन्धान गरिने विषय रहेका छन् । हामी दुवै संस्था मिलेर नेपाललाई वैदिक नेपाल बनाउन लागिपर्ने छौं ।”जगतगुरुले भन्नुभयो ।

त्यसैक्रममा नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाले महर्षि महेश योगीसँगको पहिलो भेटबाटै आफू प्रभावित भएको उल्लेख गर्नुहुँदै उहाँले देखाएको मार्गमा हिड्न सके मानव जीवन साथै समाजले शान्ति र समृद्धि हासिल गर्न सक्ने दाबी पेश गर्दै अगाडि भन्नुभयो – “महर्षि प्रणीत भावातीत ध्यानबाट ज्ञानको ढोका खुल्ने गर्छ । विश्वविद्यालय र वेदको ज्ञान हामीभित्र रहेछ भन्नेकुरा ज्ञात हुन थाल्दछ । तसर्थ हामी सबैले भावातीत ध्यान गर्ने गरौ ।”

काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सहकार्यसम्बन्धी चर्चा गर्दै भन्नुभयो – “काठमाण्डौ विश्वविद्यालय सार्वजनिक विश्वविद्यालय हो जसले डाक्टर इञ्जिनियर जस्ता व्यक्ति उत्पादन गर्न त सफल भएको छ तर विज्ञान र प्रविधिमा मात्र भर पर्नालदे खास केही गर्न सकेनौं । हाम्रो ज्ञानलाई वैदिक ज्ञानसँग जोड्न सकेमा मात्र परिपूर्ण हुन सक्ने रहेछ भनेर नै सहकार्यलाई अगाडि बढाएका हौं ।”

Inside Article Ads

त्यसैगरी डा. चिन्तामणि योगीले समारोहलाई सम्बोधन गर्दै वेद भन्दा ठूलो प्रमाण अरु केही नरहेको बताउनु भयो । महर्षिजीको उद्घोषलाई म सम्मानसाथ सम्झिरहन्छु । साथै नेपालका सबै विश्वविद्यालयहरुमा नेपाली परम्परा र वैदिक ज्ञानको पठनपाठन गराउन चेतनामा आधारित शिक्षाले मद्दत गर्दछ ।” उहाँले भन्नुभयो ।

सो अवसरमा विश्व आत्रनेय युथ क्लबकी अध्यक्ष सुश्री चन्द्रकला सखीले वेदलाइृ आधुनिक विज्ञानसँग जोडन महर्षि महेश योगीको अतुलनिय योगदान रहेको बारे चर्चा गर्नुभयो ।

उक्त समारोहमा सभापतित्व डा. दीपकप्रकाश बास्कोटाले गुर्नभएको थियो भने कार्यक्रम सञ्चालन चाँही महर्षि सन्देशका प्रधान सम्पादक भरतराज पौडेलले गर्नुभएको थियो । त्यसरी नै कार्यक्रमको सुरुवात गुरुपूजनको संयोजन भावातीत ध्यान सिद्धिप्रशिक्षिक मीनराज अधिकारीले गुर्नभएको थियो भने स्वागत मन्तव्य नेपाल ग्लोवल मदर डिभाइन अर्गनाइजेशनका अध्यक्ष कल्पना घिमिरेले राख्नु भएको थियो ।
कार्यक्रममा बाल्मीकि विद्यापीठ, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको पनि उपस्थिति रहेको थियो । साथै सयौंको संख्यामा उपस्थित रहेको महर्षि जन्म जयन्ती समारोह तथा नेपाल महर्षि वैदिक फाउण्डेशन र काठमाण्डौ विश्वविद्यालय बीचको सहकार्य सम्बन्धी हस्ताक्षर कार्यक्रमको यो कार्यक्रम निकै उत्साहवद्र्धक रहेको सहभागीहरुले जनाएका थिए । कार्यक्रममा कार्यक्रममा सांसद राजन केसी,घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंह लगायतको उपस्थििती रहेको थियो ।


Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.