
१७ भदौ, काठमाडौं । शुक्रबार ६९औं वाणिज्य दिवसको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् ।
उनले भने, ‘राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ, तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन ।’उनले शंकरदेव क्याम्पसलाई समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् ।
क्याम्पसमा अध्ययनअध्यापनकै लागि ठाउँ अभाव भएको विषयमा मन्त्रिपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने उनले बताए । उनले भनेका छन्, ‘समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छ, मन्त्रिपरिषद्मा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु चाहन्छु ।’
