Fast Nepal News

दुई लाख बढीले दिए एसईईको ग्रेडबृद्धि परीक्षा

दशैंअघि नै आउने नतिजा

banner single news

१७ भदौ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा पहिलो दिन एक लाख ३९ हजार ३६२ र दोस्रो दिन ७४ हजार २८३ जना गरी २ लाख १३ हजार ६४५ जनाले परीक्षा दिएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएका हुन् ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए अनुसार,राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १०) ले एसईई ग्रेडबृद्धि –पूरक) परीक्षाको नतिजा दशैंअघि नै सार्वजनिक हुने जनाएको छ ।

Inside Article Ads

पनिकाको अनुसार,परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भइरहेको छ, ‘अहिले उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । दशैंअघि नै नतिजा सार्वजनिक गर्छौं । विभिन्न १६ परीक्षण केन्द्रमा परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.