Fast Nepal News

पद्मोदय माध्यमिक विद्यालयद्वारा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न

banner single news

काठमाडौ । भदौ ९

प्रकाश कपाली।

पद्मोदय माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका सम्पूर्ण विद्यार्थीकाे अभिमुखीकरण कार्यक्रममा सम्पन्न गरेको छ ।

अभिमुखीकरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतमकाे सभापतित्वमा शुभारम्भ भएको थियो।

Inside Article Ads


यसलगतै शिक्षक, विद्यार्थी र पत्रकारको परिचययात्मक कार्यक्रम सुरु भएको थियो। साथै विद्यालयका शिक्षकहरुले अा अाफ्नो धारणा सहित हरेक विषयको महत्त्व वताउनु भएको थियोे ।
कार्यक्रममा आफ्नो महत्वपूर्ण मन्तव्य राख्नुहुँदै विद्यालयका ईन्चार्ज डा.शर्मिला पोखरेलले विद्यार्थीलाई लक्ष्यमा पुर्याई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो।पद्मोदयले विद्यार्थीको भविष्य उज्जवल बनेको देख्न चाहेको हुनाले आलस्य र अंलकारको पर्खाललाई विद्यार्थीले तोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

यसैगरी कार्यक्रममा पद्मोदय विद्यालयको विद्यार्थी अनुशासन विभाग प्रमुख पवन बस्नेतले विद्यार्थीको गहना नै अनुशासन भएको हुनाले शिक्षकको आज्ञा पालन गर्नुपर्ने विषयमा जोड दिनुभयो।
कार्यक्रममा विभिन्न संकायमा अध्धयन गराउने शिक्षकले पनि विभिन्न संकायको अध्धयनको महत्वबारे प्रकाश पार्नु भएको थियोे ।

विज्ञान संकाय अन्तर्गतको विषयबस्तु अध्धयन गराउने शिक्षक प्रकाश राज भट्टराईले जीवनको जन्मबाट विज्ञानको सुरुवात हुने धारणा व्यक्त गर्नुभयो। त्यसैले विज्ञान आफैमा एक जटिल विषय भएको हुनाले पढाईमा दत्तचित्त भएर लाग्नुपर्ने पनि उहाँले बताउनुभयो।

यसैगरी सामाजिक शास्त्र संकायका शिक्षक मोहोदत्त अधिकारीले कक्षा ११ मा भर्ना हुन आउनुभएका विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गर्दै समाजको विषयमा अध्धयन गर्ने विद्यार्थीहरु भविष्यमा समाजसेवी,वकिल,नेता, पत्रकार,सरकारी सेवातिर भविष्यमा पुग्न सफल हुने धारणा व्यक्त गर्नुभयो।

बाल्मिकी क्याम्पसका उप-प्राध्यापक तथा पद्मोदय विद्यालयमा ऐच्छिक नेपाली अध्धयन गराउने शिक्षिका चारुभा घिमिरेले विद्यार्थीको गहना नै अनुशासन भएको बताउनुभयो।यदि विद्यार्थीले विद्यालयको अनुशासन पालना नगर्ने अनुशासनहीन विद्यार्थीलाई विद्यालयमा रहन छुट नहुनेसमेत उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो। पद्मोदयले नेता, पत्रकार,शिक्षक, प्रशासक उत्पादन गरेको विषयमा समेत उहाँले आफ्नो महत्वपूर्ण धारणा राख्नुभयो।

पद्मोदय विद्यालयको वरिष्ठ शिक्षक दुर्गादत्त पौडेलले अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै कक्षा ११ मा भर्ना हुने सम्पूर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्तिम चरणमा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतमले आफ्नो महत्वपूर्ण धारणा राख्नुभयो। पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुला गरी ३६ जिल्लामा अध्धयन गर्न आउनुभएको विद्यार्थीलाई शुभकामना मन्तव्य दिनुभयो।विं.सं २००३ सालदेखि राणा प्रधानमन्त्री पद्मशमसेर जबराले स्थापना गरेको विषयलाई प्रष्ट व्याख्या गर्नुहुदै विद्यालयको ईतिहासको औचित्य पुष्टि गर्नुभयो। पद्मोदयको ईच्छा संस्कारयुक्त गुणस्तरीय शिक्षाको नारा लिएर विद्यालय अघि बढेको धारणा व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो।

कार्यक्रम सम्पन्न भएलगत्तै सम्पूर्ण विद्यार्थी र शिक्षक चियापान कार्यक्रम सरिक र भेटघाट लगत्तै कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.