Fast Nepal News

विद्यार्थीलाई विद्यालयले असुल गरेको चर्को शुल्क घटाउन ने.बि.संघले सम्बन्धित निकायलाई पहल गर्ने

banner single news

सिर्जना रोकाया क्षेत्री

काठमाडौं ।
रामेछाप जिल्लामा नेपाल बिद्यार्थी संघले विद्यार्थीको हक अधिकार सुनिश्चित गर्ने विषयमा आवाज उठाउने कार्यमा रामेछाप ने.बि.संघका विद्यार्थी नेताहरू अग्रसर हुदै आएका छन्।

यसैगरी रामेछाप घर भई हाल अस्थायी रुपमा काठमाडौ बसोबास गर्दै आएका अध्ययन गर्दै आउनुभएका बिद्यार्थीहरुको मनोभावनालाई मध्यनजर गर्दै चर्को रुपमा बढेको कलेज पढाई शुल्क, स्कुलको पढाई शुल्कलाई व्यबस्थित गर्नुपर्ने विषयमा मन्थली न.पा वडा नम्बर ३ का युवा नेता ने.बि .संघको पूर्ब कोषाध्यक्ष तथा केन्द्रिय सदस्य रबि चौहान र मनिष चौहानको पहलमा डा.महेन्द्र रिजालसँग भेटबार्तामा विद्यार्थीको समस्या बारे छलफल भएको छ।

Inside Article Ads

यसैक्रममा नेपाल बिद्यार्थी संघले पनि हिजो नै सबैलाई आफ्नो ठाउँ देखि सहयोगमा जुट्न र सरकारलाई पनि छिटो पहल गराउने अपिल गरिसकेको छ ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.