Fast Nepal News

पद्मोदय मा.वि को ७६ औँ वार्षिकोत्सब सम्पन्न

banner single news

डायमण्ड जोशी।
२९ फाल्गुन, काठमाण्डौ
।
पद्मोदय माध्यमिक विद्यालयले ७६ औं वार्षिकोत्सब सम्पन्न गरेको छ। पद्मोदय मा.वि को स्थापना वि.सं २००३ फागुन २९ गते तत्कालीन श्री ३ पद्म शमशेर ले गरेका थिए। यो विद्यालयले आफ्नो जन्मदिन आज मनाए झै वर्षौं फागुन २९ गते का दिन मनाउदै आएको छ।


काठमाण्डौ महानगर वडा नं २८ का अध्यक्ष भाईराम खड्की अतिथीहरु काठमाण्डौ का शिक्षा अधिकारी राम प्रसाद सुवेदी का का श्रोतव्यक्ती खगराज जोशी तथा विद्यालय कि पुर्व प्र.अ मिनाकुमारी कोईराला पुर्व वि.व्य.स अध्यक्ष हेमन्त खरेल लगाएतका व्यक्तित्वहरुको उपस्थितिमा समारोह सम्पन्न भएको थियो।

Inside Article Ads

समारोहमा विद्यालयका निमित्त प्र.अ नारायण प्रसाद गौतमले विद्यालयलाई थप प्रविधि र वातावरण मैत्री बनाउन विद्यालय तत्पर रहेको बताए। उपस्थित अतिथि तथा विद्यार्थी लाई सम्बोधन गर्दै प्र.अ गौतमले विद्यार्थी को शिक्षण सिकाईमा थप प्रयोग जोड्नुपर्नेमा काठमाण्डौ महानगर सँग जोडदार माग राखे। महानगर वडा नं- २८ का अध्यक्ष भाईराम खड्की ले विद्यालय को पठनपाठन मा विद्यार्थी हरुलाई सहज बनाउन सरकार र काठमाण्डौ महानगर लागि परिरहने बताए। सम्बोधन गर्दै अध्यक्ष खड्की ले पद्मोदय आफैमा गौरव र सर्वथा इतिहास वोकेको विद्यालय भएको भन्दै ७६ वर्ष पूरा गरेको अवसरमा विद्यालयलाई बधाइ तथा शुभकामना ज्ञापन गरे। उपस्थित अतिथिहरुले विद्यालय ले धेरै लामो यात्रामा सहज पठनपाठन गराउँदै आएको र थप उन्नति प्रगती हुँदै जाने अपेक्षा सहित विद्यालय लाई बधाई तथा शुभकामना ज्ञापन गरे।

नेपाल स्काउट का विद्यार्थीहरुले आफ्नो प्रस्तुती सहित समारोह उद्घाटन गरेका थिए। विद्यार्थीहरुले आफ्ना, नृत्यनाटक, कला, साहित्य, संगित प्रस्तुत गर्दै वार्षिकोत्सब कार्यक्रम भव्य र सभ्यका साथ सु-सम्पन्न गरेका थिए। समारोहमा कक्षागत तथा अतिरिक्त क्रियाकलाप मा सफल हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत रहेको थियो।

Visited 49 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.