Fast Nepal News

पाकिस्तानले रच्यो इतिहास भारतमाथि सानदार जित

विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो

banner single news

आइतबार दुबईमा भएको खेलमा भारतमाथि पाकिस्तानले १० विकेटको फराकिलो अन्तरको जित हात पारेको छ।आइसिसी टी-२० विश्वकपअन्तर्गत पाकिस्तानले भारतलाई हराएको हाे। । यसअघि भारतविरुद्ध एकदिवसीय र टी-२० विश्वकपमा खेलेका कूल १२ खेलमा पाकिस्तान पराजित भएको थियो।

सन् १९९२ देखि विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको पाकिस्तानले २९ वर्षपछि जित हात पारेको हो।

आइतबार भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाइ १७.५ ओभरमा पूरा गर्‍यो। पाकिस्तानका लागि ओपनद्वय मोहमद रिजवानले नटआउट ७९ रन र बाबर अजामले नटआउट ६८ रन जोडे। रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का तथा बाबरले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १५१ रन जोड्यो।

भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे। उनले ५७ रन जोडे। साहीन शाह अफ्रिदीको बलमा आउट हुनुअघि उनले ४९ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे।

बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदीले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा ३० रन खर्चिए।

Inside Article Ads

हसन अलीले २ विकेट हात पारे। उनले ४४ रन खर्चिएका थिए। यस्तै शादब खान र हरिस राउफले १-१ विकेट हात पारे।

यसअघि भारत र पाकिस्तानबीचको विश्वकपको नतिजा

टी-२० विश्वकप
२००७ – भारतद्वारा पाकिस्तान बलआउट (खेल बराबरी भएको) मा पराजित
२००७ – भारतद्वारा पाकिस्तान ५ रनले पराजित (फाइनल)
२०१२ – भारतद्वारा पाकिस्तान ८ विकेटले पराजित
२०१४ – भारतद्वारा पाकिस्तान ७ विकेटले पराजित
२०१६ – भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित

एकदिवसीय विश्वकप
१९९२ – भारतद्वारा पाकिस्तान ४३ रनले पराजित
१९९६ – भारतद्वारा पाकिस्तान ३९ रनले पराजित
१९९९ – भारतद्वारा पाकिस्तान ४७ रनले पराजित
२००३ – भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित
२०११ – भारतद्वारा पाकिस्तान २७ रनले पराजित
२०१५ – भारतद्वारा पाकिस्तान ७६ रनले पराजित
२०१९ – भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.