Fast Nepal News

जिल्लामा ९५ प्रतिशत चापाकलको पानी सुकेपछि पर्सामा खानेपानीको ठूलो समस्या

banner single news

२९ जेठ, पर्सा- सुगम जिल्लाको रुपमा चिनिने पर्सामा खानेपानीको ठूलो समस्या देखिएको छ । गर्मी बढेकै कारण जिल्लाको अधिकांश भागमा रहेका चापाकल सुक्न थालेपछि खानेपानीको समस्या देखापरेको हो ।

जिल्लामा रहेका ९५ प्रतिशत चापाकलको पानी सुकेपछि सर्वसाधारणले दैनिक कार्यमा समस्या खेप्नु परेको छ । एकाविहान र अबेरराति थोरै समय पानि आएपनि दिउँसोको समयमा गर्मी भएको बेला चापाकल सुख्खा हुँदा खानेपानीको समस्या भोग्नु परेको स्थानियले बताएका छन् ।

प्राकृतिक भुजलको चरम दोहनका कारण चपाकल सुक्ने समस्या देखिएको नेपाल खानेपानी संस्थान वीरगन्जका प्रमुख निरण महर्जन बताउनुहुन्छ । उहाँले जनधनत्व धरै भएको वीरगन्ज सहरमा घरैपिछे एक भन्दाबढी चापाकल लगाइएको र उक्त कलबाट मोटरको प्रयोग गरी प्रकृतिक जलस्रोतलाई अत्याधिक मात्रामा प्रयोग गरिएकाले यो समस्या देखिएको बताउनु भयो ।

गाउँदेखि सहरी क्षेत्रमा निर्माण भइरहेका आरसिसी, पिसिसी सडक नालाको कारण वर्षाको पानी सोझै बगेर जाने गरेकाले भुजल कम हुँदै गएको प्रमुख महर्जनले जानकारी दिनुभयो ।

Inside Article Ads

बढ्दो प्रदूषण र वनक्षेत्रको अतिक्रमणले गर्दा गर्मी वृद्धी भई खानेपानीको समस्या देखिएको र अहिलेपनि भुजलको संरक्षणप्रति गम्भिर नभए आउने वर्षहरुमा खोपानीको ठुलो समस्या हुने जानकारहरु बताउछन् ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.