Fast Nepal News

ट्रयाक खुलेको २९ वर्षपछि स्तरोन्नति हुँदै लोकमार्गको वैकल्पिक सडक

banner single news

काठमाडौं,२५ माघ   जिल्ला सदरमुकाम बागलुङ बजार उेछमै रहेको बिहुँ गाउँमा वि.सं. २०५१ सालमा ट्रयाक खोलिएको सडक तीन दशकपछि स्तरोन्नति हुन थालेको छ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको सुलडाँडादेखि किमबोट हुँदै ठूल्ढुङ्गा जोड्ने सडक यस वर्ष स्तरोन्नति हुन लागेको हो। यस सडकलाई किसानको सडकका रुपमा लिने गरिएको छ।

काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ५० लाखमा यो सडक स्तरोन्नति गर्न थालिएको हो।

गाउँपालिकाको गौरवको आयोजना रहेको यस सडकलाई प्राथमिकतामा राखेर काम गर्न थालिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताए।

सुलडाँडादेखि ठूल्ढुङ्गासम्म करिब १० किलोमिटर रहे

को यस सडकलाई प्राथमिकतामा राखेर काम गर्न थालिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताए।

सुलडाँडादेखि ठूल्ढुङ्गासम्म करिब १० किलोमिटर रहेको यस सडकमा अधिकांश पिक तथा जिप चल्दै आएको भन्दै साँघुरो हुँदा समय–समयमा दुर्घटनासमेत हुने गरेको उनको भनाइ छ। लोकमार्गमा गुड्ने अधिकांश साना सवारी साधन यही सडक प्रयोग गर्ने हुँदा यसको स्तरोन्नतिका लागि केही वर्षदेखि पालिकाले बजेट विनियोजन गर्दै आएको प्रवक्ता विक बताउँछन्।

Inside Article Ads

काठेखोला गाउँपालिका–५ र ६ वटालाई जोड्ने यस सडक १९ वर्षदेखि स्तरोन्नति नहुँदा स्थानीय किसानले उत्पादन गरेको दूध र सुन्तला बजारसम्म पुर्‍याउन निकै समस्या हुने गरेको विकले बताए। स्तरोन्नतिपछि सबैभन्दा बढी फाइदा वडा नम्बर ६ का किसानलाई हुने उनको भनाइ छ।

गाउँपालिकाले यो सडकसहित पालिकाभर रहेका ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उनले बताए।

प्रवक्ता विकले भने, ‘यो सडक लोकमार्गसँग जोडिएको छ, पछिल्लो समय लोकमार्गमा भन्दा यस सडकमा बढी गाडी गुड्ने गरेका छन्, छोटो र सहज हुने हुँदा धेरै यताबाट हिँड्दा सडक बिग्रिएको छ, कच्ची सडकका ट्र्याक्टरदेखि साना सबै सवारी गुडा अप्ठेरो पनि बनेको थियो, यो सडक खास गरी सुन्तला पकेट क्षेत्र भएर गएको छ, यहाँ धेरै किसान हुनुहुन्छ, अहिलेसम्म सडकका कारण उहाँहरुले धेरै समस्या भोग्नुभएको थियो, अब सहज हुनेछ।’

गाउँपालिकाका इन्जिनियर विनोद लामिछाने मङ्सिरको २४ गते ओम पल्टी विल्डर्स निर्माण कम्पनीले कामको जिम्मा पाएको र अहिले धमाधम काम भइरहेको जानकारी दिए। निर्माण कम्पनीले सडक स्तरोन्नतिका लागि ४० लाख ३५ हजारमा गाउँपालिकासँग सम्झौता गरेको उनको भनाइ छ।

अहिले सडक चौडा गर्ने, पक्की नाली निर्माण ढलना गर्ने काम भइरहेको इन्जिनियर अधिकारीले बताए। निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ। फागुन मसान्तसम्म सक्ने गरी काम भएको उनी बताउँछन्।

‘सडक स्तरोन्नतिको काम तीव्र गतिमा नै भइरहेको छ, अर्को महिनाको अन्तिमसम्म सकिने सम्भावना छ, भौतिक प्रगति ७० प्रतिशत भएको छ, यही गतिमा काम भयो भने फागुनमा काम सक्न समस्या छैन’, इन्जिनियर अधिकारीले भने, ‘सडक साँघुरो थियो, धेरै गाडी हिँड्ने गर्थे, अहिले पूर्णरुपमा यो सडक बन्द गरेर काम भइरहेको छ, सडक स्तरोन्नति हुन थालेपछि स्थानीय पनि खुसी हुनुभएको छ, कच्ची सडकका कारण धुलोले हैरानी हुनुहुन्थ्यो, अब त्यो समस्या समाधान हुँदैछ।’

Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.