Fast Nepal News

नेवाः खलः कास्कीको अध्यक्षमा पुनः अशोक पालिखे

banner single news

२८ श्रावण,कास्की—  नेवाः खलः कास्कीको अध्यक्षमा पुन अशोक पालिखे सर्वसम्मत चयन भएको नेवाः खलः कास्कीले जनाएको छ  ।

नेवाः खलः कास्कीका अन्सार  संस्थाको आज पोखरामा आयोजना गरिएको अधिवेशनबाट पालिखे सहित पदाधिकारी, सल्लाहाकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, उपाध्यक्षमा प्रकाश लाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्र बहादुर राजभण्डारी चयन भएका  छन्।

बन्द सत्रले नवनिर्वाचित अध्यक्षलाई सदस्य तथा आमन्त्रित सदस्यहरु चयनको जिम्मेवारी दिएपछि उनीहरुको पनि कलस्टर अनुसार चयन गरिएको हो  । सदस्यहरुमा संगीता बज्राचार्य, विनित जोजिजु, कृष्ण बहादुर श्रेष्ठ, शुसिल गोशली र गोपाल बाटाजु चयन भएका  छन्।यस्तै संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी चयन भएका छन्।

परिषदतर्फबाट सदस्यमा शान्त कुमार श्रेष्ठ र शुरेन्द्र श्रेष्ठ चयन भएका छन । यस्तै अध्यक्षबाट मनोनित भएका सदस्यहरुमा रजनी श्रेष्ठ, विक्रम उदास, शान्त कुमार श्रेष्ठ, रिशव तिमिला र लीला बहादुर श्रेष्ठ रहेका छन । कमिटिको कार्यकाल ३ वर्षको रहने छ । सो कार्यकालका लागि कमिटिमा रहेर काम गर्न इच्छुक रहेका विभिन्न क्षेत्रबाट आमन्त्रित सदस्यहरु पनि चयन गरिएको अध्यक्ष पालिखेले बताए ।

Inside Article Ads

आमन्त्रित सदस्यहरुमा विश्व बिजुक्छे, हरिप्रसाद श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, नन्दलाल श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, विमल श्रेष्ठ, रोहित बाटाजु, ईश्वर कर्माचार्य, नारायण श्रेष्ठ, थमनारायण श्रेष्ठ, शुद्धव श्रेष्ठ, जयराम श्रेष्ठ, उदय बहादुर अमात्य, अर्जुन ताम्राकार, नर बहादुर श्रेष्ठ, अञ्जु बाटाजु, रत्नदेवी श्रेष्ठ लगायता रहेका  छन्।

साधारण सभा तथा अधिबेशन कार्यक्रमको उद्घाटन गर्दै उच्च अदालत पोखराका कामु न्यायाधिश रमेशराज भण्डारीले आफ्नो कला, संस्कृति र भाषाको लागि निरन्तर लागिरहनु पर्ने बताए । उनले आफ्नो भाषा, संस्कृति, रितिरिवाज, चालचलन नै हराए पहिचान नै हराउने भएकोले यसको रक्षाका लागि समुदाय सचेत रहनु पर्ने र यो राष्ट्रिय सम्पति भएकोले यसलाई जोगाउनु सबैको कर्तव्य भएको समेत उल्लेख गरे ।

कार्यक्रममा महासचिव सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्ष चन्द्र बहादुर राजभण्डारीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो । निर्वाचित पालिखेले पञ्चाङग निर्णायक समितिमा सवै ब्राह्मण हुँदा नेवार समुदायको चार्ड पर्वहरु तलमाथि परेको बताए । त्यसको सुधारको लागी पहल गर्ने प्रतिवद्धता जनाए ।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.