Fast Nepal News

(ल्हुति) बालाजु बाइसधारा संरक्षण संघर्ष समिति उठान गरेका मुद्दाहरुको बिषयमा काठमाडौं महानगरपालिकासँग छलफलमा

banner single news

२६ श्रावण,काठमाडौँ-(ल्हुति) बालाजु बाइसधारा संरक्षण संघर्ष समितिले बालाजु बाइसधारामा भएको सांस्कृतिक अतिक्रमण, भ्रष्टाचार, पानीमा भएको अनियमितता, पुरातात्त्विक सम्पदाको दोहन, लगायतका बिषयमा शान्तिपुर्ण धर्ना संगै उठान गरेका मुद्दाहरुको बिषयमा भर्खरै काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारी र  महाशाखा प्रमुख गंगा धर गौतमसँग कुराकानी गरेको छ।

संघर्ष समितीले राखेका मागहरुको बिषयमा छानबिन गर्न कामपा द्वारा गठित छानबिन समिती, प्रतिवेदन लेखन जस्ता कार्यले समय लिइरहेको हुँदा, कतै आलताल त हुने होइन र भनेर ध्यानाकर्षण गराइएको सामाजिक अभियन्ता रविन्द्र कुमार श्रेष्ठले बताउनुभयो।

Inside Article Ads

अन्ततः (ल्हुति)  बालाजु बाइसधारा संरक्षण संघर्ष समितिले उठाएका जायज मागहरु सम्बोधन नहुने अवस्था सिर्जना भएमा थप आन्दोलनको तयारी संगै तत्काल कानुनी उपचार पनि खोज्नु पर्ने समेत सामाजिक अभियन्ता श्रेष्ठले बताउनुभएको छ।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.