Fast Nepal News

उपत्यकामा पुरानो शैलीको घर लोप हुँदै

banner single news

प्रकाश कपाली

२२ पुष, काठमाडौँ -नेवार समुदायको बाहुल्यता भएको काठमाडौँ, ललितपुर, भक्तपुर, किर्तिपुर क्षेत्रमा पुरानो शैलीका घरहरू लोप हुँदै गएको छ। विगतका समयमा नेवार समुदायको महत्व झल्काउने घरहरु भत्काएर आधुनिक युगमा नयाँ नयाँ घर निर्माणमा विगतका नेवार समुदायको पुरानो घरको डिजाइनमा घर निर्माण नगर्दा पुरानो शैलीको घरहरू लोप हुने अवस्थामा पुगेको छ।

 

अहिलेको सन्दर्भमा काठमाडौँको कुमारी घर, बसन्तपुर क्षेत्रमा रहेको मल्लकालीन दरबार र केही घरहरू मात्र नेवार समुदायको पुरानो शैलीको घरको रूपमा परिचित रहेको छ। अहिले नेवार समुदायको पुरानो शैलीको घरहरू लोप हुँदै जाने क्रम बढ्दै गएकोमा यहाँका नेवार समुदायका स्थानीय वासी ज्येष्ठ नागरिकहरू चिन्तित भएका छन्।

 

नयाँ भवनहरूको निर्माणको क्रममा पुराना शैलीका नेवार समुदायको झल्काउने घरहरु निर्माण गर्नुपर्ने र आफ्नो संस्कार, संस्कृति पहिचानको स्थापित गर्नुपर्ने नेवार समुदायको ज्येष्ठ नागरिक नानीमैया डंगोलले बताउनुभयो। यदि नेवार समुदायको पुरानो शैलीको घरहरू लोप हुँदै जाने हो भने यसले हाम्रो पहिचान र संस्कृति लोप हुँदै जाने भएकाले नयाँ भवन निर्माण गर्दा पुरानो शैलीको भवनको आकारमा निर्माण गर्न स्थानीयबासी र स्थानीय सरकार काठमाडौँ महानगरपालिकाले जोड दिनुपर्ने बताउनुभयो।

 

अबको दिनहरुमा नयाँ भवनहरू निमार्णको क्रममा पुराना शैलीका घरहरूको आकारलाई महत्व दिई नयाँ भवन निर्माण गर्नुपर्ने उपत्यकाको स्थानीय नेवार समुदायको भनाई छ। यसैगरी प्राचीन समयका कला, संस्कृति संरक्षणमा समाजको असल पक्षहरुलाई उजागर गर्दै जानु सबैको कर्तव्य पनि हो।

Inside Article Ads
Visited 65 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.