
१ पुष, काठमाडौँ -हालै सम्पन्न ज्यापू दिवसको उक्त र्यालीमा सहभागी पञ्चबुद्ध बनेकी किशोरीको नाकमा फुली देखेपछि नेवार समुदायको व्यक्तिहरु यसको विरोधमा उत्रिएका छन्। परम्परामाथि नै व्यंग्य गरी नेवार संस्कृतिमाथि प्रहार भएको नेवार समुदायका अंधिकाश व्यक्तिहरुको भनाई छ।
पञ्चबुद्ध उपत्यकाका बौद्ध नेवाः अन्तर्गत वज्राचार्य समाजमा प्रचलित धार्मिक परम्परा भएको र नेवाः समाजमा छोरीलाई कुमारीको प्रतिरुप मानिने नेवार समुदायका अंधिकाश व्यक्तिको भनाई छ। कुमारीको शरीरमा कुनै पनि खट रहनु हुँदैन भन्ने मान्यताका कारण नेवाः छोरीहरुको नाक छेडेर फुली राख्ने नगरिँने नेवार समुदायका व्यक्तिहरु बताउँछन्।
धार्मिक सांस्कृतिक विषयमा दिवसका आयोजक समितिले संस्कृतिको विषयमा संवेदनशील नभई नाक छेडेको व्यक्तिलाई कुमारीको प्रतिरूप मान्नु दुःखद् कुरा रहेको समेत नेवार समुदायको भनाई छ।
Visited 27 times, 1 visit(s) today
