Fast Nepal News

आज स्वतन्त्र नागरिक वातावरण सरसफाई अभियानका अभियन्ताद्वारा बालाजु क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न

banner single news

 

प्रकाश कापाली ,काठमाडौँ

समुदाय वरिपरिको वातावरण स्वच्छ र सफा सुन्दर राख्न र स्वच्छ र फोहोर रहित समाजको निर्माण गर्न विगत लामो समयदेखि स्वतन्त्र नागरिक वातावरण सरसफाई अभियान समाजको हकहितको प्रत्येक हप्ता विभिन्न स्थानमा सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

देशका विभिन्न स्थानहरूमा सरसफाई गर्ने र फोहोरले समुदाय र मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सरसफाई कार्यक्रमसँगै जनचेतना उजागर गर्ने कार्यमा पनि स्वतन्त्र नागरिक वातावरण सरसफाई अभियानका अभियन्ताहरु अग्रसर हुनुभएको छ।

 

यसैगरी प्रत्येक हप्ता जसरी नै आजपनि स्वतन्त्र नागरिक वातावरण सरसफाई अभियानका अभियन्ताहरुले बालाजु चोकदेखि बालाजु प्रहरी वृत्तसम्म सरसफाई अभियान सञ्चालन गरेको छ।

 

Inside Article Ads

बालाजु क्षेत्रका स्थानीयवासीलाई आफ्नो घरवरिपरिको क्षेत्र बाटो फोहोर हुँदा यसले स्थानीयवासीमा पार्ने असरबारे जनचेतना जगाउँदै सडकपेटीमा फोहोर नगर्न र दैनिक सरसफाईमा जोड दिनसमेत सामाजिक अभियन्ताहरुले बालाजु क्षेत्रका स्थानीयवासी दाजुभाई दिदी बहिनीहरुलाई आग्रह गरेको छ।

 

बालाजु क्षेत्र आसपास क्षेत्रमा सरसफाई भएपछि यसले बालाजु क्षेत्रका स्थानीयवासीहरुमा सकरात्मक सन्देश प्रवाह भएको सामाजिक अभियन्ता मुकुन्द सिल्वालले आफ्नो धारणा व्यक्त गर्नुभयो। स्वतन्त्र नागरिक वातावरण सरसफाई अभियानले वातावरणको सरसफाई र समुदायको व्यक्तिको स्वास्थ्यको हकहितलाई मध्यनजर गर्दै यस महान अभियानमा सरिक सामाजिक अभियन्ताहरु मुकुन्द सिल्वाल, शकुन्तला देवकोटा, अर्जुन केबीले बताउनुभयो ।

 

सरसफाई अभियानको क्रममा आज स्वतन्त्र नागरिक सरसफाई अभियानले बेवारिसे अवस्थामा रहेको दुईटा मोटरबाईकलाई प्रहरीको जिम्मामा लगाईएको छ। यसैगरी आज स्वतन्त्र नागरिक वातावरण सरसफाई अभियानले आयोजना गरेको अभियानमा सामाजिक अभियन्ता,बालाजु वृत्तका प्रहरी लगायत स्थानीयवासी, सञ्चार जगतको समेत उपस्थित रहेको थियो।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.