Fast Nepal News

अनुराधा कोइरालाद्वारा सात जुनी बिकास कोषको उद्घाटन (फोटोफिचर)

banner single news

काठमाडौँ । अन्तरराष्ट्रिय ख्याती प्राप्त सि एन एन हिरो तथा पूर्व प्रदेश प्रमुख समेत रहेकी माईती नेपालकी संस्थापक अनुराधा कोइरालाले सात जुनी बिकास कोष उद्घाटन गरिन। सो ‘सात जुनी विकास कोष’ उपन्यासकार मणि नेपाली पनेरूले आफ्नो सर्वाधिक लोकप्रिय कृति सात जुनीको नाममा स्थापना गरेका हुन।

उनले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्रीबाट प्राप्त सम्पूर्ण रकम समाज सेवामा लगाउने भएका छन् । शनिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै पनेरूले गत महिना लोकार्पण भएको सो पुस्तकको बिक्रीबाट प्राप्त एक लाख रुपियाँ हस्तान्तरण गर्दै माइती नेपालीको संस्थापक एवं सीएनएन हिरो अनुराधा कोइरालामार्फत हेमा–पनेरू अध्यक्ष तथा कलाकार अविनाश न्यौपाने उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रहने गरी ‘सात जुनी विकास कोष’को घोषणा गरे।


गोरखा जिल्लाको सौरपानीमा जन्मिई संयुक्त राज्य अमेरिका बस्दै आएका पनेरूले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँका विविध समस्या समाधानमा उक्त कोषले काम गर्ने बताए । “यस पुस्तक बिक्रीको सम्पूर्ण रकम मेरो जन्मभूमि सौरपानीको विकासका लागि सदुपयोग गर्ने निर्णय भएकाले यो कोषको घोषणा गरेको छु ।

Inside Article Ads


यो प्रयास मेरो मातृभूमि नेपाल प्रतिको सङ्लो मायाले प्रेरित छ” उनले भने, “म नेपाललाई प्रेम गर्छु भन्ने साङ्केतिक सत्कार्य हो ।” विश्वव्यापी सोचौँ र स्थानीय रूपमा काम गरौँ भन्ने यो आफ्नो एक सन्देश पनि भएको उनले बताए ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.